Gold
Bangad salyan

सुनको मूल्य दैनिक खस्किदै ,

Salyan

मङ्सिर १४ ,काठमान्डौ – लकडाउनमा दैनिक बढेर लाख नाघेको सुनको मूल्य आज भोलि दैनिक खस्केको छ। नेपाली बजारमा अहिले सुनको मूल्य प्रतिटोलमा ६०० ले झरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला रु ९० हजार ७०० मा कारोवार भएको छ। शुक्रबार छापावाला सुन प्रतितोला रु ९१ हजार ३०० मा कारोवार भएको थियो।

यस्तै तेजाबी सुन आज प्रतितोला रु ९० हजार २०० मा कारोवार भएको छ। शुक्रबार तेजाबी सुन प्रतितोला रु ९० हजार ८०० मा कारोवार भएको थियो।

शुक्रबार चाँदी प्रतितोला रु एक हजार १६५ मा कारोवार भएको थियो। शुक्रबारको तुलनामा चाँदीमा पनि तोलामा रु १५ ले घटेको हो।