चिनियाँ रक्षामन्त्री पुगे जंगी अड्डामा ,
मङ्सिर १४ ,काठमान्डौ – नेपालको एक दिवसीय औपचारिक भ्रमणका लागि आएका चीनका राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेई फेङ्हेको सम्मानमा नेपाली सेनाद्वारा जङ्गी अड्डामा गार्ड अफ अनर प्रदान गरेको छ ।
नेपाली सेनाको एक टोलीले भद्रकालीस्थित जंगीअड्डामा उनलाई सम्मान गारद अर्पण गरेको थियो ।
उनले आजनै राष्ट्रपति विद्यादेवी भण्डारी र रक्षा मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ ।
वेई आजनै स्वदेश फर्कने कार्यक्रम रहेको सैनिक मुख्लायले जनाएको छ ।