सम्झना विकको बलात्कार पछि हत्या गर्नेहत्यारा राजेन्द्र बोहोरा प्रहरी हिरासतबाट फरार ,
मङ्सिर १९ ,काठमान्डौ – बझाङ्सकि १२ वर्षीय सम्झना विकको बलात्कार पछि हत्या गर्ने हत्यारा राजेन्द्र बोहरालाई सुरक्षा घेरा तोडेर भागेको करिब १० घण्टापछि प्रहरीले पक्राउ गरेको छ ।
हत्यारालाई कम उमेरको भन्दै पुर्पक्षका लागि डोटी स्थित बालसुधार गृहमा राखिएको थियो । गत मङ्सिर ६ मा कोरोना भाईरस पिसिआर जाँचमा पोजेटिभ देखिएपछि आरोपीलाई जिल्ला अस्पतालमा डोटीको आइसोलेशनमा भर्ना गरिएको थियो ।
बलात्कार पछि हत्या गरिएकि सम्झन विक ,
तर प्रहरीको निगारानी हुँदापनि हत्यारा हिजो राति १० बजेर ३५ मिनेटमा झ्यालबाट फरार भएको थियो। भागेको करिब १० घण्टापछि उसलाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) मुकेशकुमार सिंहले जानकारी दिए।
डोटीको पुर्वीचौकी गाएँपालिका १ बाट हत्यारा बोहोरालाई पक्राउ गरिएको र डिउटिमा को को प्रहरीहरु थिए भन्ने बारेमा थप अनुसन्धान भैरहेको सिंहले बताए।
बोहोराको उमेर कम भएको भन्दै जिल्ला अदालत बझाङले उनलाई बाल सुधार गृहमा राख्न आदेश दिएको थियो । राजेन्द्र बोहोराको सुरक्षाको निगरानीमा खटिएका तिन जना प्रहरी निलम्बनमा पर्ने भएका छन्।
सुरुमा बलात्कार गर्दा ५ सयमा अमिलापत्र गरेको पत्र र सम्झनाको हत्यारा ,
उनीहरुलाई निलम्बनगर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय डोटीलाई निर्देशन दिएको छ । बोहराको सुरक्षाका लागी अस्पतालमा खटिएका एकजना हवल्दार र दुईजना जवानलाई निलम्बन गरिने सिंहले रंग दर्पणलाई बताए।
सम्झनाको बलात्कार हत्या भन्दा अगाडीपनि बोहोराले स्थानीय एक १३ वर्षीय दलित बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएको थियो।
घटनालाई ५०० सयमा गाँउमा मिलाउने गरेको ठिक १ महिनापाछी बलात्कारीले सम्झना बिकको बलात्कार र हत्या गरेको खुलेको थियो।
अहिले तेही अपराधी प्रहरीको निगरानीबाट कसरि भाग्न सफल भयो त भन्ने आम जनताको चासो छ।