सभामुख सापकोटाको स्पष्टीकरण :संवैधानिक परिषद् बैठकमा उपस्थित नहुनुको कारण यस्तो छ,

मङ्सिर ३० ,काठमान्डौ – संवैधानिक परिषदको मंसिर २८ र ३० गतेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाको अनुपस्थितिलाई उनको सचिवालयले बताएको छ ।
सचिवालयले मंगलबार एक प्रेस नोट जारी गर्दै सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले मंगलबारको बैठकको समन्वय अभाव भएको कुरा सभामुखले प्रधानमन्त्रीलाई जानकारी गराएको बताएका छन् ।
जहाँसम्म आज (मंसिर ३० गते) को संवैधानिक परिषद् बैठकमा अनुपस्थित भएको विषय छ, यसमा सम्माननीय सभामुखज्यूले बैठकको पूर्वतयारी, गृहकार्य, आपसी परामर्श र आवश्यक समन्वय अभावका सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई जानकारी गराउनु भएको थियो ।


राज्य संचालनमा दीर्घकालनीन एवं दुरगामी महत्व राख्ने निर्णयमा संवैधानिक परिषदका सदस्यहरुबीच पर्याप्त गृहकार्य र समन्वय हुनुपर्छ भन्ने उहाँको स्पष्ट मान्यता छ’भनिएको छ जारि विज्ञप्तिमा भनिएको छ ।
प्रेस नोटमा भनिएको छ नेपालको संविधान, संविधानले निर्दिष्ट गरेको विधिको शासन, शक्ति पृथकिकरण र सन्तुलनको सिद्धान्तलाई स्मरण गर्नु पर्ने भन्दै ‘राज्यका तीन अङ्ग कार्यपालिका, व्यबस्थापिका र न्यायपालिकाका प्रमुख र प्रतिनिधि सभाको विपक्षी दलको नेता समेत सहभागी रहने संवैधानिक परिषदको बैठकले लिने निर्णयले दुरगामी महत्व राख्छ भन्ने विषयलाई सम्माननीय सभामुखले गहिरोसँग आत्मसात गरेको’ उल्लेख गरिएको छ ।
उहाँले संसदलाई जीवन्त र जनमुखी बनाउने सूत्र वाक्यलाई हृदयङ्गम गरि जननिर्वाचित सर्बोच्च निकाय संघीय संसदको गरिमालाई माथि उठाउने विषयलाई सदैब जोड दिँदै आउनु भएको छ ।
जनतामा निहित सार्वभौमसत्ताको अभ्यास गर्ने थलो, संघीय संसद प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएदेखि उहाँले निष्पक्ष र तटस्थ रुपमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै आउनु भएको अवगत नै छ । उहाँ संघीय संसदको गरिमा कायम राख्दै संवैधानिक परिषदको मर्यादा र जिम्मेवारीप्रति सदैब सचेत हुनुहुन्छ नोटमा भनिएको छ।
