कर्णाली प्रदेशका दुई जना सांसद ओली समूहतिर गएपछि कर्णाली सरकार अल्पमतमा ,
पुष ८ ,काठमान्डौ – कर्णाली प्रदेश सभाका पूर्वमाओवादी खेमाका दुईजना सांसद ओली समूहको केन्द्रिय सदस्यमा मनोनित भएका छन्। पूर्वमाओवादी सुर्खेतको क्षेत्र नम्बर १ (क)बाट निर्वाचित ठम्बर विष्ट र दैलेख क्षेत्र नम्बर १ (क) बाट निर्वाचित सांसद धर्मराज रेग्मी केन्द्रीय सदस्यमा मनोनित भएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रूपमा थपेका ५५६ जना केन्द्रीय सदस्यभित्र बिस्ट र रेग्मी परेका छन् । रंग दर्पणले सांसद बिस्टसंग सम्पर्क गर्दा भने सम्पर्क हुनसकेन ,सांसद रेग्मीका अनुसार आफुहरु केन्द्रिय सदस्यमा मनोनित भएको बताउछन।
दुवै गत २५ गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्तावमा हस्तार गर्ने १८ जना सांसदमध्ये रेग्मी र विष्ट पनि हुन् ।
यो संगै प्रदेश सरकार अल्पमतमा परेको छ ,अहिले कर्णाली प्रदेश सभामा ४० सदस्यीय छन् ,नेकपाका ३३ जना मध्ये सभामुखसहित अब ओली समूहका १४ जना ,प्रचण्ड नेपाल समुहका १९ जना रहेका छन्।
प्रदेश सरकार गठन गर्न २१ जना सांसद आवस्यक पर्छ ,जसको लागि दुवि पक्षले नेपालि कांग्रेससंग सहकार्य गर्नुपर्ने छ। कांग्रेससंग मिल्दा प्रचण्ड नेपालको समुहमा २५ जना सांसद संख्या पुग्ने छ जसले सरकार सजिलै बनाउन सकिने छ।
बादल समुहले पनि प्रचण्ड नेपाल समुहलाई साथ दिदै आएको छ , तेस्तै ओली समुहले नेपालि कांग्रेसलाई साथमा लिएपनि २० जना मात्र हुने छन् ,सरकार बनाउन असफल देखिन्छ।
राप्रपाका एक जना ओली समुहमा गएपनि सरकार बनाउन मिल्दैन किन कि ओली समुहका एकजना सांसद सभामुख छन् जले गर्दा गर्दा सकरार बनाउन कठिन हुने देखिन्छ।
नेपाली कांग्रेसले भने कुनै एक समूहलाई साथ दिने बताउछ ,हामि केन्द्रको राजनीति माहोल हेर्दै छौ ,हाम्रो पनि केन्द्रले समिक्षा गर्छ कसलाई साथ् दिने भन्ने कुरामा अहिले भन्न सकिनन् प्रमुख प्रतिपक्षी दल नेपाली कााग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले भने।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिमबहादुर शाहीका अनुसार भने आफुहरु सरकारमा सहभागी नहुने बताउछन,तर सरकार बनाउदा कम पर्ने एक समुहलाई हामि साथ् दिन्छौ उनले भने। ओली प्रचण्डको आ आफ्नो दाबीमा कांग्रेसलाइ हातमा लिने र सरकार बनाउने बताएका छन्।
केन्द्रमा देउवापक्षसंग मिलेर जाने र कर्णाली प्रदेशमा गठबन्धन सरकार गराउने ओली समूहले द्दबी गरेको छ ,उता प्रचण्ड नेपाल समुहलेभने आफुहरुसंग अहिलेपनि बहुमत भएको दाबि गर्दछ।