आज थप ७४३ जना कोरोना संक्रमित थपिए,

पुष ८ काठमान्डौ – गत २४ घन्टामा थप ७४३ जना कोरोना संक्रमित थपिएपछि नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार ९७९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

तेस्तै गत पछिल्लो २४ घन्टामा ९५२ जना डिस्चार्ज भएपछि हालसम्म देशभर कुल २ लाख ४६ हजार ६६१ जना निको भएर घर फर्किसकेका छन् ।
हाल देशभरी सक्रिय संक्रमितको संख्या ७ हजार ५१५ छ भने क्वारेन्टाइनमा रहनेको संख्या ४०९ रहेको छ । तेस्तै गत २४ घन्टामा कोरोन संक्रमणबाट ५ जनाको मृत्यु भएपछि हाल सम्म कुल १८ सय ३ जनाको कोरोनाबाट निधन भैसकेको छ।
