बहालवाला शहरी विकासमन्त्रि प्रभु शाहको गाडीले पैदल यात्रुलाई हानेर फरार ,

पुष १८ ,काठमान्डौ – शहरी विकासमन्त्री प्रभु साह सवार गाडीले सर्लाहीको हरिवनमा पैदल यात्रुलाई हानेर भागेको छ। प्रभु शाह सवार ना १ झ ३८४२ नम्बरको गाडीले सर्लाहीलालबन्दी नगरपालिका वडा नम्बर-८ चन्द्रपुर घर भएका ३५ बर्षीय बच्चु तामाङलाई हानेर भागेको हो।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको साहको गाडीको ठक्करबाट तामाङ्गको कम्मर र खुट्टामा चोट लागेको छ , स्थानीय स्वाभिमान अस्पतालमा उनको उपचार भइरहेको उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको अस्पताल श्रोतले जनाएको हो ।

प्रभु शाहको गाडीले ठक्कर दिएपछि घाईते बच्चु तामाङ,

मन्त्री साह गृह जिल्ला रौतहटबाट महोत्तरीको जलेश्वरतर्फ जाँदै गर्दा गाडीमा झण्डा फहराउदै गएको प्रतक्षदर्शीले बताए । शाहको गाडीले पैदलयात्रुलाई ठक्कर दिएर भाग्दै गरेको प्रत्यक्षदर्शी हरिवनस्थित चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पसका स्ववियु सभापति प्रज्वल ढुंगानाले बताए।

दुर्घटना भएलगतै प्रभु शाहको गाडी भागेको ढुंगाना बताउछन। राज्य जस्तो गरिमा पदमा बसेका मन्त्रिले पैदल यात्रुलाई हानेर भाग्नु मानवीयता सम्म नभएको नागरिक प्रतक्षदर्शीले बताएका हुन्।

अहिलेको बहालवाल मन्त्रिले हानेर भाग्नुले नागरिकले के बुझ्नु ,मन्त्रिको गाडीको अल्फाबेट समेत देखिएको थिएन पछि प्रहरीलाई खबर गरेपछि प्रभु शाहको गाडी भएको थाहा हुनआएको प्रज्वल ढुंगानाले बताए।

तत्काल घाईतेको उद्दार नभएको के हुन्थ्यो होला घाईते अहिले ठिक हुनुहुन्छ ,मन्त्री तत्काल माफी माग्नुपर्ने समेत अहिले नागरिकले बताएका छन्। ठक्कर दिने मन्त्रिको गाडीलाई जाहेरी गरिसकीएको प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले बताए।