मानवता हराएका मन्त्रि प्रभु शाह भन्छन झुक्किएर लडेका हुन् केहि भएको छैन ,
पुष १८ ,काठमान्डौ – सहरी विकास मन्त्री प्रभु साहले सर्लाहीमा आफू चढेको गाडीले पैदलयात्रुलाई ठक्कर दिएको घटनाबारे ध्यानाकर्षण भएको बताएका छन्। उनले पैदल यात्रु झुक्किएर लडेको र उनलाई केहि नभएको समेत आफ्नो फेसबुकमा स्टाटस लेखेका हुन्।
शाहले लेखेका छन् ,घाईते हुने ब्याक्ति झुक्किएर लडेका हुन् उनलाई केहि भएको छैन र म पनि ढुक्क भएर हिडेको हु ,मेरो गाडीले ठक्कर दिएर भाग्यो भनेर समाचारमा अतिरन्जित बनाएको समेत उनले लेखेका छन्।
शाहले प्रहरीलाई समेत आफ्नो गाडी भएको खुलेको भनी भ्रमपूर्ण अभिव्यक्ति दिएको दाबी गरेका हुन् ।साहले आफु आएको भनेन सम्पूर्ण जानकारी भएको र सुरक्षा दिनु र सवारी सहजीकरणको सट्टा सर्लाही प्रहरीले अफवाह फैलाएको भन्दै सामाजिक संजालमा स्टाटस लेखेका छन् ।
साह चढेको ना१झ ३८४२ नम्बरको गाडीले शनिबार दिउँसो हरिवन नगरपालिका-१० मा सर्लाहीलालबन्दी नगरपालिका वडा नम्बर-८ चन्द्रपुर घर भएका ३५ बर्षीय पैदलयात्रु बच्चु तामाङलाई हानेर भागेको थियो ।
अहिले उनको हरिवनस्थित स्वाभिमान अस्पतालमा उपचार भइरहेको छ,साहको गाडीको ठक्करबाट तामाङ्गको कम्मर र खुट्टामा चोट लागेको छ ,। मन्त्री साह गृह जिल्ला रौतहटबाट महोत्तरीको जलेश्वरतर्फ जाँदै गर्दा गाडीमा झण्डा फहराउदै गएको प्रतक्षदर्शीले बताए ।
शाहको गाडीले पैदलयात्रुलाई ठक्कर दिएर भाग्दै गरेको प्रत्यक्षदर्शी हरिवनस्थित चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पसका स्ववियु सभापति प्रज्वल ढुंगानाले बताउछन । आफुहरु घाईतेलाई उद्दार गर्न जाँदा शाह गाडी लागेर उल्टै भागेका थिए।केपी ओलीको प्रतिगमनपछि शाह ओलीका बहालवाला शहरीविकास मन्त्रि बनेका छन्।