द भ्वाइस अफ नेपाल’को कोचबाट आस्था रावतलाई हटाईयो ,
पुष २९ ,काठमान्डौ – सिङगिङ रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’को कोचमा तृष्णा गुरुङ आबद्ध भएकी छन् । सिजन २ मा आस्था रावत भएपनि सिजन ३ मा गुरुङलाई कोचको रुपमा ‘द भ्वाइस अफ नेपालमा प्रवेश गराईएको हो ।
अन्य तीनजना कोचमा भने गत सिजनकै प्रमोद खरेल ,दीप श्रेष्ठ, र राजु लामा छन् । दोस्रो सिजनमा पनि ‘द भ्वाइस अफ नेपाल’ले कोच परिवर्तन गरेको थियो । पहिलो सिजनका कोच अभया सुब्बा र सनुप पौडेललाई परिवर्तन गर्दै राजु लामा र आस्था राउतलाई भित्राएको थियो ।
भ्वाइसको हेडक्वाटरमा सीभीसहित ७ जनाको नाम पठाएका थियौ ,त्यसमध्ये तृष्णा गुरुङको नाम छनोट भएर आएको हो,” ‘द भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलले भने ।

लोकपप शैलीमा लोकप्रिय उनका दर्जनौं गीत दर्शकले मन पराएका छन् । गाइने दाजैले सारंगी रेट्दैमा, माया पिरती, गुराँसै फुल्यो उनका सर्वाधिक लोकप्रिय गीत हुन् ।
‘द भ्वाइस अफ नेपाल’ तेस्रो सिजन अन्तरगत अहिले डिजिटल अडिसनको अन्तिम चरण चलिरहेको छ । डिजिटल अडिसनमा करिब ४० हजारले सहभागिता जनाएको पौडेलले बताएका हुन् । कार्यक्रम एक महिनाभित्र प्रशारण सुरु हुने बताइएको छ ।
‘द भ्वाइस अफ नेपाल’काे पहिलो सिजनमा सिडी विजय अधिकारी र दोस्रो सिजनमा राम लिम्बू विजेता बनेका थिए ।