टिप्पर दुर्घटना भएको ३ सय मिटर तल तिन जनाको शव फेला ,

माघ ५ ,विराटनगर- सोलुखुम्व सोलुदूधकुण्ड नगरपालिका,११ बरडाँडा गिद्धेभीरमा टिप्पर दुर्घटना हुँदा ३ जनाको मृ,त्यु भएको छ भने १ जना घाईते भएका छन्।

पूर्वी पहाडी जिल्ला सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाटको सोलुखोला दूधकोशी हाइड्रोपावरमा सामान ओसारपसार गर्ने बा ४ ख ७९८० नम्बरको टिपर राति ११ बजेतिर दुर्घटनामा परेको हो।टिप्पर सडकबाट झन्डै १ सय मिटर तल खस्दा टिप्परको पछाडीको भाग ३ सय मिटर तल फेला पाएको छ।

दुर्घटनामा परेर टिपर चालक धादिङको थाक्रे गाउँपालिका घर भएका अन्दाजी ३२ वर्षीय कमल मगर, मकवानपुरको बागमती गाउँपालिका– ४ का राजकुमार मगर र सप्तरीको सुरुङ्गा नगरपालिका–८ का १९ वर्षीय कृष्णलाल चौधरीको घटनास्थलमै ज्यान गएको सोलुखुम्बु ट्राफिक प्रहरीका प्रमुख सहायक निरीक्षक (असई) कृष्ण कटुवाललाई उद्दृत गर्दै प्रदेश १ का ट्राफिक प्रहरी प्रवक्ता डीएसपी सुमनकुमार तिमल्सिनाले बताए।दुर्घटनामा मकवानपुरको बागमती गाउँपालिका–४ का २३ वर्षीय रमेश मगर गम्भीर घाइते भएका छन्।