लालबाबु पण्डितको सम्पति एकथान थोत्रो साईकल ,,

जेठ,९ काठमाडौं – संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितसँग सवारी साधनका नाममा एक थान पुरानो साइकल मात्र रहेको पाइएको छ ।

पण्डितले मन्त्रिपरिषद् कार्यालयमा बुझाएको सम्पत्ति विवरण सार्वजनिकमा एकथान पुरानो साईकल ,  १० तोला सुन र १५ तोला चाँदी छ भने बैंकमा पण्डितको नाममा २५ लाख र बिमलाको नाममा ३० लाख बचत रहेको छ ।

विराटनगर १२ मा एक कठ्ठामा बनेको ५ कोठे घर र ललितपुर भैसेपाटीमा पत्नी विमला तामाङको नाममा ४ आना जग्गा रहेको पनि उनले उल्लेख गरेका छन् ।

 

बिनामागर को सम्पति कति,?

 

खानेपानीमन्त्री विना मगरको सम्पत्ति विवरणमा श्रीमान प्रकाश दाहालको नाममा रहेको एउटा स्कुटर रहेको छ ।

तेस्तै ५ तोला सुन र १६ तोला चाँदी पनि रहेको छ।, जसलाई उनले पैतृक सम्पत्ति भनेकी छन् ।

मन्त्री मगरले सम्पत्ति विवरणमा चितवन भरतपुरमा श्रीमान प्रकाश दाहालको नाममा रहेको २ कठ्ठा जग्गा र सासु सीता दाहालको नाममा रहेको १ कठ्ठा जग्गा पनि उल्लेख गरेकी छन् ।

प्रकाश दाहालको जग्गा मावलीका हजुरआमाबाट पाएको र सासु सीता दाहालको नाममा रहेको जग्गा पैत्रिक भनिएको छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी मन्त्री मगरसँग एक रुपैयाँ पनि नगद छैन । एभरेष्ट बैंकमा खाता रहे पनि त्यहाँ नगद जम्मा नभएको उनले उल्लेख गरेकी छन् ।