शान्ति श्री परियार र प्रदेशी गायक शिवलाल सापकोटाको स्वरमा “किन सानु”सार्वजनिक(भिडियो)
काठमाडौं- बहुचर्चित लोक दोहोरी गायिका शान्ति श्री परियार र प्रदेशी गायक शिवलाल सापकोटाको आवाजमा “किन सानु” बोलको लोक दोहोरी गीत युटुव बजार मार्फत सार्वजनिक भएको छ । बिहुँकोटे साईलो र पार्वती सापकोटाको शब्द सृजना र ईश्वर बाबुको लय सृजना मा तयार भएको गीतलाई बिनोद बाजुरालीले एरेन्ज गरेर मालाश्री स्टुडियोमा रेकर्ड भएको हो ।
शिबलाल सापकोटाको निर्देशनमा मोया श्रेष्ठले छायांकन तथा सम्पादन गरेको गीतलाई जापानमा छायांकन गरिएको हो । भिडियोमा शिबलाल सापकोटा र अरुना थापाको अभिनय देख्न सकिन्छ । शिव लाल सापकोटाको अफिसियल युटुव च्यानल शिबदर्शन ईन्टरटेनमेन्ट मार्फत सार्वजनिक भएको छ । हेर्नुहोस भिडियो :