मलेसियामाबाट १८ नेपालीको शव ल्याइयो अझै १६ शव ल्यौअन बाँकी

माघ ११ ,काठमान्डौ – जो कसैलाई सुन्दा र हेर्दा मन रुने तस्विर हिजोमात्र त्रिभुवन विमानस्थलमा देखिएका छन् ,जसमा १८ जना नेपालीको शव मलेसियाबाट हिजो शनिबार स्वदेश ल्याएको छ।
तेस्तै अझै नेपालीका १६ शव ल्याउने बाँकि छ ,२०२० मा मात्र मलेसियामा २७५ जनाको मृत्यु भएको तर मृत्युको कारण भने सरकार आफन्त कसैलाई जानकारी नभएको तःयांका छ।
मृतक शव कतिप्या आत्महत्याका भनेर भनिएको छ तर आत्महत्याको पनि कारण हुन्छ शव बुझ्दै आफन्तले भने। कतिपय साँझ सम्म घर परिवारको सम्पर्कमा हुने तर बिहानबाट फोन अफ हुने गरेको पाईएको छ ,तेस्पछि कम्पनिका सुपरभईजर वा नजिकका साथीहरुले मृत्युको घोषणा गर्थे तर आफन्तलाई भने यसको कुनै जानकारी खबर नहुने गरेको पाईएको हो।


विमानस्थलमा शव बोक्न पुगेको गाडी र गाडीमा लेखिएको साहिरी ,
१८ जनाको शवलाई वैदेशिक रोजगार बोर्डले घर सम्म ल्याउने व्यवस्था गरेको हो ,ती शवलाई नेपाल एयरलाइन्सको वाइडबडी ए–३३० ले बिहान ८ः३० बजे त्रिभुवन विमानस्थलमा ल्याइपुर्याएको थियो ।
सबै आफन्तले हिजो शनिबार त्रिभुवन विमानस्थलमा शव बुझ्दै दाहस्संस्कारको लागि घर तिर लागेका छन्। मलेसियामा अरहेका १६ शव ल्याउन पून:नेपाल एयरलाइन्स नै मलेसिया जाने मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले भने।
उनका अनुसार पहिलाजस्तो थाई र मलेसियन एयर नेपाल नउड्दा समयमा नै शव पठाउन सकिएको छैन ।
अहिलेपनि जोडबल गर्दानै नेपाल एयरलाइन्स मार्फत १८ शव पठाउन सफल भएको पाण्डे बताउछन। नेपाली दूतावासका अनुसार धेरैजसो नेपालीको मृत्यु क्रोनिक खालको रोग, आत्महत्या र सडक दुर्घटना हुने गरेको तथ्यांक छ।
