Gold

मदिरा सेवन गरेर हातपात गर्न खोजे मन्त्रालयका सचिवलाइ

Naumule Migrate

मन्त्रीका स्वकीय सचिव बुढासहितका केही युवाहरुले मदिरा सेवन गरेर हातपात गर्न खोजे मन्त्रालयका सचिवलाइ  

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झा (बायाँ) र मन्त्रीका पिए डम्बर बुढा (दायाँ)

 

 

सुर्खेत, जेठ ९ । क्रिमिनल माइन्ड ले चल्दै गरेको गणतन्त्रको अर्को उपहास कर्णाली प्रदेश मा घटेको छ । जाड खाएको रकम तिरिदिन जबर्जस्ति अनुरोध गरेको र नमाने पछी कर्णाली प्रदेशको उद्योग, पर्यटन तथा वन मन्त्रालयका सचिव लाइ बुधबार सोहि मन्त्रालय का  मन्त्री नन्दसिंह बुढाका स्वकीय सचिव डम्बर बुढासहितका व्यक्तिहरुले मन्त्रालयका सचिव विद्यानाथ झामाथि हातपात गर्ने प्रयास गरेका हुन् ।

हातपात प्रयास गरेका तीनै जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ गरेको केही समयपछि राजनैतिक दबाब का कारण छाडिएको प्रहरीले जनाएको छ ।

मन्त्रीका स्वकीय सचिव बुढासहितका केही युवाहरुले मदिरा सेवन गरेर आफूमाथि हातपात गर्न खोजेको मन्त्रालयका सचिव झाले बताए ।

सुरक्षाका लागि खटिएका सशस्त्र बन रक्षकका जमदारले बाहिरबाट ढोका बन्द गरेकाले हातपात हुनबाट आफू बचेको उनले बताए ।

बैशाख १ गते कर्णाली प्रदेश सरकारले सुरु गरेको कर्णालीरारा पर्यटन वर्ष उद्घाटनका क्रममा व्यक्तिगत रकम खर्च भएको भन्दै स्वकीय सचिव बुढाले सचिव झासँग रकम माग्ने गरेको र आफूले अनियमित रकमभएकाले दिन नमिल्ने बताएपछि युवाहरुलाई ल्याएर आफूमाथि कुटपिट प्रयास भएको सचिव झाले बताए ।

झाले आफूमाथि हातपात हुन लागेको जानकारी गराएपछि प्रहरी टोली पठाएर तीनै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामसिंह चौधरीले बताए ।

Naumule Badhipahiro