प्रचण्ड – नेपाल समूहले धनगढीमा विरोधसभा गर्दै ,

माघ १७ ,धनगढी – प्रतिगमनकारी केपी ओलीले गरेको संसद विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड –नेपाल समूहले आज धनगढीमा विरोधसभा गर्दै छ ।

सभालाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ,माधव कुमार नेपाल ,प्रदेश ईन्चार्ज भिमरावल लगायतका नेताहरुले आज दिउँसो १ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सोहि स्थानमा आयो अघि केपी ओली समूहले पनि जनसभा गरेको थियो।

गत पुष ५ गते काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन माग गरेको सिफारिसको आधारमा रास्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेपछि देशभर नेपाली जनताले विरोध गरिरहेका छन्।

तेस्तै केपी ओलीको कु विरुद्द नेकपा दुई समूहमा विभाजन भएर प्रचण्ड माधव नेपाल समूहले विभिनन जिल्ला प्रदेश स्थानीय तहमा विरोधसभा गर्दै आईरहेको छ। तेस्तै संसद विघटनको विरोधमा प्रतिपक्षदल नेपाली कांग्रेस ,जसपा ,राप्रपा ,साझा पार्टी लगायतले विरोध गर्दै आईरहेका छन्।

यस्तै संसद विघटनको विरुद्द प्रचण्ड – नेपाल समूहले यहि २८ गते काठमान्डौमा वृहत जनसभा गर्ने भएको छ भने २१ गते सम्म माईतिघर मण्डलामा सांसदहरिले धर्ना कार्यक्रम गरिरहेका छन्।