बर्दियाकी १२ वर्षीय बालिकाको बलात्कार पछि ह,त्या रातमा नुन चिनी छर्केर लास जलाईयो ,
माघ २६ ,काठमाडौ – बर्दियाको बारबर्दिया नगरपालिका-३ कि १२ वर्षीय बालिकाको बिहारमा सामुहिक बलात्कार पछि हत्या गरिएको छ भने रात रात प्रहरीको मिलेमतोमा नुन चिनी छर्केर लास जलाईएको छ।
बिहारको पूर्वी चम्पारण जिल्लामा गत जनवरी २१ तारिखको ति बालिकाको सामुहिक बलात्कारपछि हत्या भएको थियो । बिगत् ७ वर्ष पहिलेबाट ति बालिकाका आम बुवाहरु मोतिहारीको कुन्डवा चैनपुरमा मजदुरी गर्ने गर्दथे। घटना हुनुअघि बालिकाकी आमा नेपाल आएकि थीइन।
२१ जनवरीमा उनका बुवा मजदुरी गर्न गएका थिए भने दाइ कामको शिलशिलामा बजार गएका थिए। कामबाट फर्कीएका दाईलाई सांझा ४ बजेतिर घरबेटी सियाराम साहले डेरामा रोक्न खोजे।
तर उनि रोकीएनन र डेरा पुगे पुग्दा बहिनि घाइते भएर लडिरहेको देखे। उनले तत्काल बुबालाई खबर गरेर बोलाए। बुबाले छोरीलाई तत्कालै स्थानीय मेडिकलमा उपचार गर्नलागेपनि उनको उपचार हुनसकेन ,मेरी छोरी भुइँमा लडिरहेकी थिई ,उसको घाँटीमा रातो दाग थियो।
बाबुले प्रहरीलाई १२ दिनपछि दिएको निवेदनमा लेखिएको छ। उपचार नपाएपछि ति बालिकाको मृत्यु भयो र मृत्यु पछि गाँउका युवाहरु जम्मा भए। प्रहरीका अधिकारीको मिलेमतोमा छोरीको शव बर्जस्ति जलाउन लगाएको पिडित बुवाले भनेका छन्।
शव जलाउनुअघि पीडितका बुवालाई उनीहरूले खाली कागजमा साइन पनि गर्न लगाएका थिए।स्थानीय देवेन्द्रकुमार साहले बालिकाको शव तत्काल नजलाए बाबु र छोरालाई पनि मारेर लास नेपाल फालिदिने धम्की दिएको निवेदनमा उल्लेख छ।
राति १२ बजे नुन र तेल छर्केर छोरीको लाश जलाईयो ,मलाई भोलि बिहानपटक नेपाल पठाईयो बाबुले निवेदनमा भनेका छन्। घटनाको अनुसन्धानमा केहिदिन अघि एक अडियो लिक भएको छ ,अडियोमा स्थानीय प्रहरी चौकीका प्रमुखले सघाएको खुलेको छ।
पूर्वी चम्पारणका एसपी नवीनचन्द्र झाले बिबिसीसँग भनेका छन्-भाइरल भएको अडिओबाट थानाध्यक्ष सञ्जीवकुमार रञ्जनको लापरबाही र कर्तव्यहिनता स्पष्ट हुन्छ। उनलाई निलम्बन गरिएको छ र उनीविरूद्ध एफआरआई दर्ता भएको छ।
भाइरल भएको अडिओमा सञ्जीवकुमारले एक जना अभियुक्तलाई ‘केटीको लासको व्यवस्था गरिदेऊ र चिसोका कारण मृत्यु भएको प्रहरीलाई रिपोर्ट लेखाइदेऊ’ भनेका छन्। घटनाको १२ दिनपछि परेको उजुरीको आधारमा ११ जनालाई अभियुक्त बनाईएको छ।
जसमा केहि ब्याक्तिलाई सामूहिक दुष्कर्म र हत्याको आरोप छ भने बाँकी सात जनालाई प्रमाण नष्ट गरेको अभियोग छ।घटनाको संलग्नतामा २ जना अभियुक्तलाई बलात्कारपछि हत्या गरिएको अभियोगमा मुद्दा चलाईएको बिबिसीले उल्लेख गरेको छ। बालिकाको शव पोष्टमार्टम नगरी जलाईएको हुँदा हत्या कसरि भयो भन्ने खुलेको छैन। घटनालाई प्रहरीले गम्भीर अनुसन्धान गरिरहेको छ।