कोहलपुर मेडिकल कलेजको लापरबाही २३ दिनसम्म सुत्केरी युवती बेहोस ,
माघ ३० ,बाँके – कोहोलपुर मेडिकल कलेज अस्पतालका कारण बर्दियाकी सुत्केरी युवती यसोदा रानाको ज्यान मरण सम्म पुगेको छ। सुत्केरी ब्यथाले च्यापेपछि यसोदालाई गत माघ ८ गते कोहलपुरको दश बिघामा रहेको मेडिकल कलेजमा भर्ना गरिएको थियो।
८ गते राति उनको बच्चा जन्मीएपनि १० गते सम्म रक्त श्राव रोकीएको थिएन भने डाक्टरले समते चेक जाँच नगरेको पारिवारिक श्रोतको दाबि छ। तिन दिन सम्म रक्तश्राव नरोकीएपछि र उनको होस् नखुलेपछि परिवारले अहिले उनलाई भारतको लखनउमा लगेर उपचार गरिरहेको छ।
आज २३ दिन सम्मपनि उनको होस् नखुलेको यशोदाका श्रीमान बिनोद राना मगरले रंग दर्पणलाई बताए। भेन्टिलेटरमा राखेर उपचार भईरहेको छ ,नेपालि २० लाख खर्च भईसक्यो तर अझै श्रीमतीको होस् खुलेको छैन ,जन्मेको बच्चा छोरी नेपालमै छ।
उनले भने,यहि पैसा पनि जग्गा धितो राख्न लगाएर ल्याएको हु ,बिरामीको होस् खुलेको छैन ,अझै कति पैसा खर्च हुने हो बाँच्ने आशापनि छैन ,कोहोलपुर अस्पतालको लापरबाहीका कारण आज यो हालत भोग्नुपर्यो उनले भने।
बिनोद राना मगरका अनुसार कोहोलपुर अस्पतालका डाक्टरले बच्चा जन्मेको तिन दिनसम्म श्रीमतीलाई रक्तश्राव भईरह्यो ,आफुहरुले बारमबार डाक्टरलाइ गुहार्दा समेत चासो दिईएन।
अस्पतालका डाक्टर तिन दिन सम्मपनि सुत्केरीलाई हेरफेर नगरेपछि बेहोस भएपछि लखनउ ल्याएको हु । कोहोलपुरबाट बेहोसमै लखनउ ल्याए अझैपनि बेहोसमै उपचार भईरहेको छ।