केपी ओलीजी त्यतिकै ताण्डवनृत्य गरेर देश चल्दैन भिम उपाध्याय ,
माघ ३० ,काठमान्डौ -नेपाल सरकारका पूर्व सचिव समाजसेवी करोडौ नेपालीका ढुकढुकी बनेका भिम उपाध्यायले प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्यतिकै ताण्डवनृत्य गरेर देश नचल्ने जानकारी गर्दीएका छन्।
केपी ओलीको ठाडो निर्देशनमा नेकपा प्रचण्ड – नेपाल समूहकि नेता रामकुमारी झाँक्रीलाई पक्राउ गरेर रिहा गरेलगतै समाजसेवी भिम उपाध्यायले यस्तो प्रतिक्रिया दिएका हुन्।
गत पुष ५ गते केपी ओलीले गरेको संसद विघटनको भूमिकालाई रास्ट्रपति विद्यादेवी भण्डारीले आँखा चिम्लेर सदर गरेकी थिईन। नेपालको संघिय गणतन्त्र सखाप पारेपछि केपी ओली र विद्यादेवी भण्डारीविरुद्द अहिले देशभर आन्दोलन भईरहेको छ।
रास्ट्रपतिको भूमिकालाई लिएर झाँक्रीले गोरखाको एक कार्यक्रममा विवादिद अभिव्यक्ति दिएकि थिइन्। झाँक्रीको अभिव्यक्तिलाई लिएर सरकार असन्तुस्ट बनेको थियो। शंखमुलस्तिथित झाँक्रीकै निवासमा पुगेर प्रहरीले पक्राउ गरेको थियो ,पक्राउ परेपछि उनका समर्थकले चौतर्फी नाराबाजी गरेका थिए।
पक्राउ गरिएकि झाँक्रीलाई सरकारले राज्यविरुद्दको कसुर अन्तर्गत दफा ५८ भन्दै पक्राउ गर्ने गरेको थियो। यस्तै बेला भिम उपाध्यायले ओलीलाई भनेका छन् ,ए ओली जी, कहिलेकाही यसो आफैले बनाएको संविधानको धारा १७ र धारा ६१ पनि पढौँ न हौ, स्कूल कलेज नपढेको भए पनि अक्षर त पढ्न सकिन्छ होला नि! तपाईले झोसेको अपराध संहिताको दफा ५८ पनि ऑखा फट्याएर पढ्नुपर्यो, त्यतिकै ताण्डवनृत्य गरेर देश चल्दैन ह।
तेस्तै उपाध्याले संविधानको धारमा आँखा चोत्यार हेर्नपनि केपी ओलीलाई सुझाव दिएका छन्।