प्रचण्ड – नेपाल समूहले आज मानव साङ्गलो बनाएर आन्दोलन गर्दै ,

फागुन ६ ,काठमान्डौ – प्रचण्ड – नेपाल समूहले आज मानव साङ्गलो बना एर आन्दोलन गर्ने भएको छ।प्रतिगमन, महङ्गी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लो बनाएर विरोध गर्ने कार्यक्रम तय भएको केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले जानकारी दिए ।

प्रतिगमन र संसद विघटको विरुद्द उक्त समूहले हिजोदेखि चौथो चरणको आन्दोलनको घोषणा गरेको हो। प्रतिनिधि सभा विघटन विरुद्ध आज देखि १२ गते सम्म लगातार प्रदेश कमिटीको योजनामा सवै जिल्लामा जिल्लास्तरीय विरोध प्रदर्शन र सभा विरोधका कार्यक्रम गर्ने बताएको छ ।

तेस्तै आन्दोलनका कार्यक्रमहरु फागुन १५ गते सम्म निरन्तर चल्ने र थप आन्दोलनको घोषणा हुने प्रचण्ड – नेपाल समूहले बताएको छ। पुष ५ गते केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ। केपी ओलिविरुद प्रचण्ड – नेपाल समूहले निरन्तर आन्दोलन गर्दै आईरहेको छ।