सहज वातावरण गरेर सरकारले चाहेमा वार्ता हुनसक्छ विप्लव ,,

फागुन ८ ,काठमान्डौ – प्रतिबन्धित नेकपा महासचिव नेत्रविक्रम चन्दले सहज वातावरण बनेमा सरकारसँग वार्ताका लागि तयार रहेको बताएका छन् । शनिबार विज्ञप्ति जारी गर्दै चन्दले पार्टीको गतिविधि गर्न सहज वातावरण बनेमा सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताएका हुन् ।

चन्दद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो । यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टीको सरकारसँग संवाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौँ ।

सरकारले २०७५ फागुन २८ मा नेकपा चन्द समूह आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धको बिचमा सरकारले विप्लवका थुप्रै कार्यकर्तालाई समाउने र छोड्ने गरेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले अहिले संसद विघटन गरेको छ ,असमैधानिक ढंगले संसद विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित छ ,यस्तै बेला ओलीले विप्लवसंग वार्ताको संकेत दिएको हो।

तेस्तै चन्द नेतृत्वको नेकपासहित मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल (आहुति) संयोजक रहेको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले बिहीबार काठमाडौंमा मोर्चाको औपचारिक घोषणा गरेका छन् ।