केपी ओली र रास्ट्रपतिलाई विवेकशिल साझाको संदेश टाउका गनेर हाम्रा हुन् भन्ने भ्रममा नपर्नु ,

फागुन ८ ,काठमान्डौ – विवेकशिल साझा पार्टीले प्रतिगमनकारी केपी शर्मा ओली र रास्ट्रपति विद्यादेवी भण्डारीलाई शान्तिवाटिकाबाट भजन मार्फत संदेश दिएको छ। सो पार्टीले रत्नपार्कको शान्तिवाटिकामा गत ३ गते देखि दैनिक चारबजे सरकारविरुद्द खबरदारी गर्दै आईरहेको छ।

विवेकशिल साझा पार्टीका कार्यकर्ताले आज सरकारले असंवैधानिक कदम चालेर देशनै धरापमा पारेको हुँदा तत्काल सच्चिन चेतावनी दिएको हो। उनीहरुले समानता सरकार मुर्दावाद ,असमैधानिक नियुक्ति खारेज गर ,केपी शर्मा ओली मुर्दावाद लगायतका नारा लगाएका छन्।

तेस्तै भजनमार्फत देशनै बन्धक ,भो अब अति भो ओलीको पाराले दुख पाए साराले ,पद मात्र चाहिने राजा बन्न खोज्ने शःशक चाहिदैन नारायण हरि हरि लगायतका भजन प्रस्तुत गरेको छ। तेस्तै रास्ट्रपतिले महारानी बनेर देश डुबाउन नमिल्ने समेत खबरदारी गरेको हो।

अहिले निरङ्कुशले देशभर भोटको खेति समेत गरेको पार्टीले आरोप लगाएको छ । तेस्तै सबै जनता मासु भातमा बिक्छन भन्ने केपी ओलीले ओली तन्त्र चलाईरहेको पनि सो पार्टीले बताएको हो।

कु सरकारविरुद्द विवेकशिल साझाले गरेको आज यो छैटौ दिन हो भने दश दिन सम्म यो प्रदर्शन भईराखने पार्टीले बतायो।