सरकारसंग वार्ताको लागि चन्द समूहले बनायो प्रकाण्डको नेतृत्वमा टोली,यस्ता छन् सर्त ,
फागुन १८ ,काठमान्डौ -सरकारसँग वार्ताका लागि नेत्रविक्रम चन्द समूहले प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदय चलाउने ‘दीपक’को नेतृत्वमा दुई सदस्यीय टोली गठन गरेको छ । नेकपाका महासचिव नेत्रविक्रम चन्दले मंगलबार दिउँसो विज्ञप्ति जारी गरी सरकारसँग वार्ता गर्ने टोली गठन गरिएको जनाएका छन् ।
चन्दद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’नेपाल सरकारसँग देशका राजनीतिक,आर्थिक र राष्ट्रिय स्वाधीनताका विषयमा वार्तामा बस्न हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिष्ट पार्टी सहमत भएको छ ।
तेस्तै चन्द समूहले तत्कालै वार्तामा बसेर आफ्ना सर्तहरु राख्ने जानकारी गरेको छ ,विप्लवका एक नेताका अनुसार जेलमा रहेका नेता कार्यकर्ता रिहा र हतियारसम्बन्धी मुद्दा फिर्ता गर्नुपर्ने सर्त छ भने सरकारले आफुहरुमा लगाएको प्रतिबन्ध फुकुवा हुनुपर्ने माग राखेको छ।
तेस्तै सरकारले पनि मंगलबार मात्रै चन्द समूहसँग वार्ताका लागि गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय टोली गठन गरेको छ । वार्ता टोलीमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सदस्य छन् ।