surkhet

भाषाविद् चूडामणि गौतमको निधन

surkhet

काठमान्डौ– भाषाविद् चूडामणि गौतमको निधन भएको छ । ८२ वर्षको उमेरमा हिजो काठमाण्डौमा उनको निधन भएको परिवारजनले बताएका छन ।

उनका नेपाली व्याकरण तथा रचना, विद्यालय नेपाली शब्दकोश,अक्षरको उच्चारण गर्ने यसरी, बृहत्तर नेपाली शब्दकोश, शुद्ध नेपाली लेख्ने यसरी, हायर लेभल इङ्ग्लिस ग्रामर, कम्पोजिसन एण्ड प्रोनाउन्सेसन, राम्रो अङ्ग्रेजी बोलचाल अभ्यासलगायत नेपाली र अङ्ग्रेजी व्याकरणसम्बन्धी पुस्तक चर्चित छन् ।

Gorkha

उनको जन्म तेह्रथुमको खाम्लालुङमा भएको थियो । गौतम ग्रामरका नामले चिनिने चुडामणि गौतमको अङ्ग्रेजी ग्रामर २०३७ सालमा प्रकाशित भएको थियो । यसलाई नेपालमा सबैभन्दा बढी बिक्री भएको पुस्तक मानिन्छ ।

Dailekh

फागुन १३

 

salyan