संसदको सातौ अधिवेशन आज सुरु हुँदै ,
फागुन २३ ,काठमान्डौ – प्रतिनिधिसभाको सातौ अधिवेशन आज अपराहन्न चार बजे बस्दै छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत पुष ५ गते रास्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थीइन। असंवैधानिक ढंगले संसद विघटन गरेको भन्दै सर्वोच्चमा रिट दायर भएका थिए।
रिटको सुनुवाई गर्दै सर्वोच्च अद्लातले फागुन ११ गते संसद पुनर्स्थापना गरेको छ भने १३ दिन भित्र संसद अधिवेशन बोलाउन आदेश दिएको छ। सोहीअनुसार संसदको हिउँदे अधिवेशन सुरु हुन लागेको हो ।
कानुनी रूपमा नेकपा विभाजित नभए पनि नेकपा दुई समूहमा विभाजित छ ,तर पनि प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहको निर्णयअनुसार नेकपा संसदीय दलमा दुई नेता र दुई मुख्य सचेतक छन् ।