राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फिर्ता,
चैत १० ,काठमान्डौ – राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुई दिने राजकीय भ्रमण सकेर मंगलबार स्वदेश फिर्ता भएकि छिन।
राष्ट्रपति भण्डारी र नेपाली प्रतिनिधिमण्डललाई ढाकास्थित हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा त्यहाँका विदेशमन्त्री डा एके अब्दुल मोमेन, बङ्गलादेशका लागि नेपाली राजदूत डा.वंशीधर मिश्रलगायतले बिदाइ गरेका थिए ।
राष्ट्रपति भण्डारी बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार त्यसतर्फ प्रस्थान गरेका थिइन् ।भण्डारीलाई स्वागत गर्न प्रधानमन्त्री केपी शर्मा ओली ,सभामुख अग्नि सापकोटा ,सुवासचन्दर नेम्वाङ्ग लगायतका नेताहरु पुगेका थिए।