चलचित्र मालिका जाजरकोटको दरबारमा सुटिङ् हुदै ,,

जेठ,१४ – चलचित्र मालिकाको सुटिङ्ग कार्य जाजरकोटको दरबारमा भैरहेको छ । , नायिका रेखा थापाले निर्देशन गरिरहेको चलचित्र मालिकाको यौटा गीत दरबारमा छायांकन भरहेको छ । ,

रेखा थापाका अनुसार अझै २ दिन सम्म दरबारमा गीतको छायांकन हुने छ ,चलचित्र काठमान्डौ , कोहलपुर हुँदै जाजरकोट सम्म छायांकन गरियको छ ।,

जाजरकोटको स्थानिय भेषभुषा र संकृति झल्किने मेलाको दृश्यलाई २ सय ६८ बर्ष अघि निर्माण गरिएको जाजरकोट दरबारमा गीतको भिडियो खिचिएको हो ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा एक सय बढी कोरसले नृत्य गरेका छन् । सुरेश अधिकारीको संगीत रहेको लोकलयको गीतले दर्शकको मन जित्नेमा आफू विश्वस्त रहेको रेखा बताउँछिन् ।

महिला हिंसा र बालबिवाह मुक्त नेपाल निर्माणको अभियानमा यो चलचित्र केन्द्रित रहेको रेखाको भनाई छ । यो चलचित्रमा रेखा र जाजरकोटकी चौध वषिर्या कमला ओली मुख्य भूमिकामा छन् ।

चलचित्र तिहारमा रिलिज हुने गरि छायांकन अगाडी बढिरहेको छ ।