सुर्खेतको पन्चपुरिमा आगलागीबाट ४ घर जलेर खरानी थप विवरण आउँदै,

बैशाख ६,सुर्खेत – सुर्खेतको पन्चपुरी नगरपालिका वडा- ९ राग, मल्याङ्जा टोलमा रहेको मगर बस्तिमा आगलागि भएको छ ।

आज साँझ ६ बजे आगलागी भएको समाचार रंग दर्पनलाई प्राप्त भएको हो ।

आगलागीमा परी स्थानीय काशिराम थापा, धनबहादुर थापा, देविराम थापा र नवराज थापाका ४ घर जलेर नष्ट भएका छन्।

यस्तै आगलागीबाट ४ गोठ, ४ चर्पी, १ गोरू र कुखुराको खोर जलेर नष्ट भएको छ ।

हाल मानवविय क्षति भने नभएको जान्कारी प्राप्त हुन आएको हो भने  घटनाको थप क्षति विवरण आउन बाकी छ ।