एमालेले राष्ट्रियसभाको निर्वाचनमा बादललाई उठाउने,

बैशाख १० ,काठमान्डौ – नेकपा एमालेले रिक्त रहेको राष्ट्रिय सभा सदस्यको पदमा पार्टीका नवनियुक्त स्थायी समिति सदस्य रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने भएको छ ।

बालुवाटारमा शुक्रबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले बादललाई उठाउने निर्णय गरेको हो। यस अघि नेकपा माओवादी केन्द्रबाट निर्वाचित बादललाई पार्टीले कारवाही गरेपछि उनको राष्ट्रिय सभा सदस्यको पद गुमेको थियो ।

पद गुमेपछि स्वत: मन्त्रि पदबाट पनि मुक्त भएका बादललाई केपी शर्मा ओलीले फेरि गैरसांसदका रुपमा गृहमन्‍त्री नियुक्त गरेका थिए। आयोगले राष्ट्रियसभा सदस्य चयनका लागि जेठ ६ गते निर्वाचनको मिति तोकेको छ।

उपनिर्वाचनमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका प्रमुख, उपप्रमुख र प्रदेश सभा सदस्यहरुले मतदान गर्ने छन्। एक सय १० जना प्रदेश सदस्य र २ सय ३८ पालिका प्रमुख उपप्रमुख रहेका छन् ।