स्वास्थ्य मापदण्ड पालना नगरे लकडाउन हुनसक्छ प्रधानमन्त्री ओली ,
काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमणविरुद्ध सरकारले जारी गरेको मापदण्ड पालना नगर्नेलाई कानुनअनुसार कारबाही हुने बताएका छन् ।
आज धरहरा उद्घाटन गरेर वालुवाटार पुगेका ओलीले कोरोना संक्रमण अहिले दैनिक बढ्दै गईरहेको हुँदा कारी नियन्त्र गर्नसकिन्छ भन्नेबारे ब्रिफिङ गरेका थिए।कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले गरेको ब्रिफिङपछि ओलीले मापदण्ड पालना नगर्ने कारबाही गर्नुपर्ने बताएका हुन् ।
वालुवाटार श्रोतका अनुआर वैशाख ६ मा सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना नभएको र पालना नगरे लकडाउन हुनसक्ने निष्कर्ष निकालेको हो।सरकारले बैशाख ६ गतेनै सबैले माक्स अनिवार्य लगाउनुपर्ने ,२५ जना भन्दा बढी उपस्थित नहुन र सार्वजनिक यातायातमा सिट संख्याभन्दा बढी यात्रु नराख्न जारि संदेश गरेको थियो।
सरकारले सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, जिम खाना, स्वीमिङ पुल लगायत भीडभाड हुने ठाउँलाई वैशाखभर बन्द गर्नुपर्ने, धार्मिक स्थलमा वैशाख मसान्तसम्म नृत्य पूजा मात्रै गर्ने/गराउन आग्रह गरेको छ। तेस्तै हिजो देखि पशुपतिनाथ मन्दिरम अपनी पुजा आज्ञा गर्न रोक लगाईसकिएको छ।