बाँकेमा कोरोना भयावह आजमात्र ७ जनाको निधन ,
बैशाख ,११ बाँके – पछिल्लो समय बाँकेमा कोरोना संक्रमण भयावह बन्दै छ। बितेको २४ घण्टामा मात्रै बाँकेमा ७ जना संक्रमितले ज्यान गुमाएका छन् । यप अछी बाँके कोरोनाको हट्स्पट बने देखिन्छ।
वैशाख ७ गते कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेको बाँकेको खजुरा गाउँपालिका,२ की ७२ वर्षीय महिलाको उपचारका क्रममा शनिबार अपरान्ह निधन भएको भेरी अस्पतालले जनाएको छ ।
योसँगै कोरोना सङ्क्रमणका कारण बाँकेमा हालसम्म ज्यान गुमाउनेको सङ्ख्या ७८ पुगेको हो । भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा आज थप २५० मा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।