थ्रसर मेसिनमा च्यापिएर रुकुमपश्चिममा महिलाको ज्यान गयो ,

बैशाख ११ -रुकुमपश्चिम – कर्णाली प्रदेश पश्चिम रुकुमको चौरजाहारी नगरपालिकामा किसानले प्रयोग गर्ने थ्रसर मेसिनमा च्यापिएर एक जना महिलाको ज्यान गएको छ।

चौरजाहारी नगरपालिका वडा नम्बर ७ काभ्राकि ६२ वर्षीया थुर्मा मल्लको गहुँ झार्ने थ्रसर मेसिनमा च्यापिएर घटना स्थलमै ज्यान गएको वडा अध्यक्ष ईन्द्रलाल शर्माले जानकारी गराउनुभएको हो।

मेसिनको नजिकै रहेकी मल्लको आफुले लगाएको कपडा बेरिएर च्यापिएको चौरजाहारी ईलाका प्रहरी कार्यलका निरीक्षक कृष्ण डागिले जानकारी दिनुभएको छ।

मेसिनमा च्यापिएकि मल्ललको  शव पोस्टमार्टमको लागि जिल्ला असफल मुसिकोट पठाईएको छ भने थ्रेसर मेसिनका चालक फरार भएको र फरार मेसिन चालकलाई खोजी भैरहेको पनि ईलाका प्रहरी कार्यल चौरजाहारीले जानकारी गराएको ।

एस के सर्जन ,
रुकुम पश्चिम ,,