सुर्खेतमा भोलिदेखि निषेधाज्ञा ,
बैशाख १३ ,सुर्खेत – सुर्खेतमा एक साता निषेधाज्ञा लागू गरिने भएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन समितिको छलफलपछि कोरोना संक्रमण बढ्दै गएपछि मंगलबार मध्यराति १२ बजेदेखि निषेधाज्ञा लागू गरिने प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।
संक्रमण फैलिँदै गएकाले जिल्लाभर निषेधाज्ञाको निर्णय गरिएको रिजालले बताए।निषेधाज्ञा अवधिभर एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका गाडी मात्र सञ्चालन गर्न दिने बताइएको छ ।अहिलेपनि सुर्खेतमा ३ सय बढी कोरोनाका सम्क्रिया बिरामी छन्।