महामारीका कारण कसैले जीवन गुमाउनु नपरोस् भन्नेमा सरकार संवेदनशील छ, प्रधानमन्त्री ओली ,

बैशाख २० ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि नागरिकलाई स्वास्थ्य सुविधाबाट बञ्चित हुन नदिन र महामारीका कारण कसैले जीवन गुमाउनु नपरोस् भन्नेमा सरकार संवेदनशील रहेको बताएका छन् ।

देश बासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नागरिकको जीवनरक्षा यस सरकारको पहिलो दायित्व भएको बताएका हुन्। हाल संक्रमण फैलिन नदिनका लागि विज्ञहरूको सुझावअनुसार नै निषेधाज्ञा लगाउनेदेखि अन्तर्राष्ट्रिय र आन्तरिक उडान रोकिएको, भारतसँगका नाका बन्द गरिएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

तेस्तै स्थलमार्गबाट विदेशी नागरिकको आवागमन बन्द गरिएको र नेपाली नागरिक प्रवेशका लागि नेपाल भारतबीच रहेका सीमा नाकामध्ये १३ नाका मात्र सञ्चालनमा ल्याइएको प्रधानमन्त्रिले बताए ।

प्रत्येक स्थानीय निकायले नेपाल बाहिरबाट आउने व्यक्तिको अभिलेख राखी क्वारेन्टिन, आइसोलेसन तथा उपचारको व्यवस्था गर्ने र घर तथा संस्थागत आइसोलेसनको नियमित अनुगमन गर्ने प्रबन्ध गरिएको पनि उनले बताए।

कोभिडको उपचारमा प्रयोग हुने एन्टिभाइरल औषधि तथा अन्य जीवनरक्षक औषधि प्रत्येक अस्पतालले मौज्दातमा राख्नुपर्ने व्यवस्था गरिएको र यस्ता औषधिको कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेलाई कडा कारबाही गरिनेपनि ओलीले बताए।