बर्दीमै बलात्कार गरेको अभियोग लागेका पूर्वडिएसपी राजकुमार खिउजुलाई अद्लातले दियो सफाई ,
काठमान्डौ – प्रहरीको बर्दीमै २१ वर्षीय युवतीलाई बलात्कार गर्ने पूर्वडिएसपी राजकुमार खिउजुलाई जिल्ला अदालत ललितपुरले सफाइ दिएको छ।
वैशाख ९ गते न्यायाधीश देवकुमार गिरीको इजलासले उनलाई सफाइ दिएको जिल्ला अदालत ललितपुरका स्रेस्तेदार विष्णुप्रसाद पाण्डेले बताए।
पूर्णपाठ अझै आइसकेको छैन ,खिउजुलाई सफाइ दिने गरी फैसला भएको छ ,खिउजु थुनामुक्त भएर गैसकेको छन्। चापागाउँ प्रहरी कार्यालयमा प्रमुख रहेका खिउजुले जागिर खान प्रहरी रिपोर्ट बनाउन गएका बेला बलात्कार गरेको भन्दै ती किशोरीले दिएको जाहेरीका आधारमा उनीविरूद्ध बलात्कारको मुद्दा लागेको थियो।
गत वर्षको माघ महिनामा अपरेको उजुरको धारमा प्रहरीले उनलाई फागुनमा पक्राउ गरेको थियो।सरकारी वकिलले खिउजुविरूद्ध बलात्कारको अभियोगपत्र भने बुधबार दर्ता गरेको थियो। ७ देखि १० वर्षसम्मको कैद सजाय र पीडितलाई मनासिब क्षतिपूर्ति दिलाउन माग गरिएको छ।
प्रहरी कार्यालय सेवामा रहेकाबेला बलात्कार गरेको भन्दै जिल्ला सरकारी वकिलले खिउजुलाई थप ४ वर्ष कैद र ४० हजार जरिवानासमेत माग गरेको छ। खिउजुले बलात्कार पछिपनि ६ महिना सम्म बारम बार धम्काउने ,फकाउने र बलात्कार गरेको युवतीले हाजेरिमा उल्लेख गरेकी छिन।
ललितपुरको एक गाँउबाट जागिर खाने सपना बोकेर युवती शहर आएकि थिइन् ,महाराजगञ्जस्थित एक संस्थाले सेक्युरिटी गार्डलागि कर्मचारी खोजेको थाहापाएपछि उनि पुलिस रिपोर्ट बनाउन प्रहरी कार्यालय पुगेकी थिइन्।
२०७५ साल माघको ३० गते महानगरीय प्रहरी वृत्त, चापागाउँको प्रहरी कार्यालयमा रिपोर्ट बनाउन पुगेकी उनलाई डिएसपी राजकुमार खिउजूले कार्यालयमा चिया खायर जान भने ,युवतीले अस्विकार गरेपनि अर्का प्रहरी जवानले चिया लिएर आए।
खिउजि बर्दीमानै थिए ,युवती पहिलेनै दराईरहेकि थिइन्। चिया छोडेर प्रहरी जवान गएपछि खिउजिले धोकाको चुक्कुल लगाए र युवतीमाथि जाईलागे तेस्पछि युवती कराउन खोज्दा उनले मुख बन्द गरिदीएर डर धम्कि दिन थाले।
चिया खान भनेकोले मलाई बर्दीमै बलात्कार गर्यो युवतीले भनिन। खिउजुले युवतीसंग बलात्कार गर्दा भिडियो खिचेको र कसैलाई भने सार्वजानिक गर्ने भन्दै डर धम्कि समेत दिएको युवती बताउछिन।
खिउजूले तेस्पछि आफैले गाडीमा राखेर कोठा सम्म पुर्याएको थियो ,गाडी भने अर्कैले चालाएको थियो युवतीको छेउमा बसेर पनि खेउजुले अफ़ुलाउई धम्क्याई रहेको थियो।
तेती मात्र हैन कोठा सम्म पुगेर मलाई त्यो दिन देखि बिहान साझा कोठामा आएर ६ महिना सम्म डर धम्कि दिने र बलात्कार गर्यो। यो कुरा मैले कसैलाई भन्न सकिन न त घर परिवारलाई नै भन्न सके युवतीले रुदै भनिन।