एमालेबाट राजिनामा गरेका सांसद काँग्रेसमा प्रवेश,
काठमान्डौ – लुम्बिनी प्रदेश सभा सदस्यबाट राजीनामा दिएका एमालेका सांसद दृगनारायण पाण्डे नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।आइतबार प्रदेशसभा सदस्यबाट राजीनामा दिइएका सांसद पाण्डे सोमबार एक कार्यक्रमका बीच काँग्रेस प्रवेश गरेका हुन् ।
विपक्षी दलले स्वागत गर्दै पाण्डेयलाई अब राष्ट्रिय सभा सदस्य उम्मेदवार बनाउन लागिएको छ। जेठ ६ मा हुने उपनिर्वाचनमा उनलाई विपक्षी गठबन्धनबाट उम्मेदवार बनाउने सहमति भएको छ।माओवादीबाट राष्ट्रिय सभा सदस्य बनेका चन्द्रबहादुर खड्काको ठाउँमा उपनिर्वाचन हुँदैछ।
पाण्डेय पहिले कांग्रेस थिए। उनी गत चुनावमा एमालेबाट कपिलवस्तु क्षेत्र नम्बर २ (ख) प्रदेश सभा सदस्य निर्वाचित भएका थिए।