राष्ट्रपति,र प्रधानमन्त्रीको पद अस्विकार गरेको हु ,अमिक शेरचन,

बैशाख २१ ,कास्की – गण्डकी प्रदेश प्रमुखबाट पदमुक्त भएका माओवादी नेता अमिक शेरचनले राष्ट्रपति, प्रधानमन्त्री र एमाले अध्यक्ष पद विगतमा अस्वीकार गरेको बताएका छन् ।

सोमबार पदमुक्त भएका प्रदेश प्रमुख शेरचनले आफुलाई थाहानदिई पद मुक्त गरेको मिडियाबाट थाहा पाएको जानकारी गरेका हुन्। प्रदेश प्रमुखको निवासमा मंगलबार बिहान पत्रकार सम्मेलन गर्दै उनले भनेका छन् ,पदमुक्त हुन पाउँदा खुसी लागेको छ ।

म पदको लागि राजनीति गरेको व्यक्ति होइन । पूर्वराष्ट्रपति डा. रामवरण यादवको कार्यकाल समाप्तिपछि राष्ट्रपतिको लागि मलाई प्रस्ताव आयो ।

मैले अस्वीकार गरेँ । त्यस्तै ज्ञानेन्द्रकालमा प्रधानमन्त्रीको प्रस्ताव आउँदा पनि ठाडै इन्कार गरेको व्यक्ति हुँ । पहिला ओलीजी र पुनः प्रचण्डजी मार्फत ओली जीको प्रस्ताव मैले अस्वीकार गरेको पद थियो ।

पछि पार्टीको निर्णय सुनाएपछि अनुशासित कार्यकर्ताको नाताले बाध्य भई स्वीकारेको पद हो यो । अधिकारविहीन खुला जेलबाट मुक्त गरिदिनुभएकोमा मुरीमुरी धन्यवाद छ राष्ट्रपतिज्यूलाई शेरचनले भनेका छन्।