रुकुम चौरजहारी

नेपालमा कोरोनाले लियो उग्ररुप ७६६० जनामा संक्रमण एकै दिन ५५ जनाको मृ,त्यु,

रुकुम आठ विसकोट

बैशाख २१ ,काठमाडौ – नेपालमा दैनिक रुपमा कोरोनाले लियो उग्ररुप लिने गरेको छ ,गएको तिन दिन अगाडिबाट नेपालमा दैनिक सात हजार बढी संक्रमित फेला पर्ने गरेका छन्।

तेस्तै गत २४ घन्टामा ७६६० जनामा संक्रमण फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा सात हजार ५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

तेस्तै हाल सम्म नेपालमा आज सबैभन्दा बढी कोरोना भाइरस संक्रमितको मृ,त्यु भएको छ ,गत पछिल्लो २४ घन्टामा ५५ जनाको मृ,त्यु, भएको छ ।यो हाल सम्मकै उच्च मृत्युदर रहेको मन्त्रालयले जनाएको हो।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५९ हजार ७९८ रहेको छ । जसमध्ये ५५ हजार ५२० जना होम आइसोलेसनमा र संस्थागत आइसोलेसनमा चार हजार २७८ जना रहेका छन् ।

मंगलबार ६१६ जना आईसीयूमा र १७९ जनाको भेन्टिलेटरमा उपचाररत भईरहेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १७७५ रहेको छ । यो पछि हाल सम्म कोरोनालाई जित्नेको संख्या २लाख ८७,हजार ७९० रहेको छ भने कुल संक्रमितको संख्या ३लाख ५१,हजार ५ रहेको छ।