कोरोनाबाट एकै दिन ५५ जनाको मृ:त्यु ,हाल सम्मकै उच्च ,

बैशाख २१ ,काठमाडौ – नेपालमा गत २४ घन्टामा हाल सम्मकै उच्च कोरोना संक्रमितको मृ,त्यु, भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार आज ५५ जनाको मृ,त्यु भएको हो।

,यो संगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३,हजार ४१७ पुगेको छ। यस्तै गत २४ घन्टामा देशभरबाट ७ हजार ६ सय ६० जनामा कोरोना संक्रमण फेला परेको हो।
हाल देशभर सक्रिय संक्रमितको संख्या ५९ हजार ७९८ रहेको छ । जसमध्ये ५५ हजार ५२० जना होम आइसोलेसनमा र संस्थागत आइसोलेसनमा चार हजार २७८ जना रहेका छन् । मंगलबार ६१६ जना आईसीयूमा र १७९ जनाको भेन्टिलेटरमा उपचाररत भईरहेको छ ।
