यी हुन् बाजुरामा १४ वर्षीय बालिकालाई पेट्रोल छर्कि जिउँदै आगो लगाएर भाग्ने ,

बैशाख २३ ,बाजुरा – बालिकालाई जिउँदै आगो लगाएर भाग्ने दुई जनालाई प्रहरीले प,क्राउ गरेको जनाएको छ। उनीहरुले गत १९ गते राति गाँउमा बिहे भईरहेकोबेला त्रिवेणी नगरपालिका,९ मलालगाउँ की १४ वर्षीया परिर्वतन (नाम मालिका १६) सभ्यता बुढाको शरीरमा पेट्रोल छर्कि आगो लगाएर फरार भएका थिए।

साही नगरपालिका ८ कालापानीका १६ वर्षीय सुमन गिरी र १६ वर्षीय शिखर थापालाई वैशाख २० गते साँझ प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मदनजीत महराले जानकारी दिए ।

आगो लगाएर उनीहरु फरार भएको घटना सार्वजनिक भएपछि प्रहरीले खोजितलासि गरेको थियो। बालिकाको शरीरमा आगो लागेको अन्य मानिसले देखेपछि आगो निभाएका थिए । उनको अहिले जिल्ला अस्पतालमा उपचार भईरहेको छ ,घाइते बालिकाको शरीरको बाया भागको ढाड र कम्मर जलेको ।

पीडित बालिकाका काका संजय बुढाले दिएको उजुरीका आधारमा मंगलबार नै जिल्ला अदालत बाजुरामा उजुरी दर्ता भएको प्रहरीले जनाएको छ। जिल्ला अदालत बाजुराले मंगलबार दुबैजनालाई बालबालिकासम्बन्धी ऐन २०७५ बमोजिम ५ दिनको म्याद थपगरी अनुशन्धान सुरु गरेको जनाएको हो ।