दीप बस्न्यातलाई ५ लाख धरौटीमा छाड्न सर्वोच्चको आदेश,
वैशाख २४ ,काठमान्डौ – सर्वोच्च अदालतले भ्रष्टाचारको अभियोग लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख दीप बस्न्यातलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले शुक्रबार यस्तो आदेश दिएको हो ।
ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गरेको घटनामा संलग्नको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा तत्कालिन भौतिक पूर्वाधार मन्त्रालयका सचिव बस्न्यातलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
बस्न्यात आफु ६९ वर्ष पुगेको मुटु रोगको बिमारी भएको र आफुलाई कोरोना पोजेटिभ पनि देखिएको भन्दै बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए ।