Simta
Gurvakot
Gurvakot

कर्णाली प्रदेशका विकासवादी सांसद सिध्याउन यसरि भएको छ गिरोह परिचालन (विज्ञप्तिसहित )

वैशाख २८ ,सुर्खेत – कर्णाली प्रदेश सुर्खेतका माननीय सांसद विकासवादी नेता ठम्मर बिष्टलाई सिध्याउन कर्णालीमा ठुलो गिरोह परिचालन गरिएको बुझीएको छ। सांसद बिष्टको सचिवालयले एक विज्ञप्ति सार्वजानिक गर्दै उक्त विषयको खण्डन गरेको छ।

जिल्ला कमिटि सदस्य सरस्वती सिंहले विपक्ष र अन्य मानिसकै लहलहैमा लागेर जनप्रतिनिधि र नेताको मान मर्दन गरी तहस नहस गराउन खोजेको पनि विज्ञप्तिमार्फत ध्यानाकर्षण गराईएको हो। केहि दिन अगाडी सरस्वती सिंहले सांसद बिष्टको नाम अन्य व्यक्तिहरु संग जोडेर स्टाटस राखेकी थिइन्।

यसै विषयलाई जोडेर सांसद बिष्टको सचिवालयले सार्वजानिक विज्ञप्ति लेख्दै सांसद प्रदेशको नेता जस्तो गरिमामय पदमा बसेका व्यक्तिलाई सामाजिक सञ्जालमा तथ्यहीन अपुष्ट कुरा लेख्ने र धज्जी उडाउने काम नगर्न पनि चेतावनी दिएको छ।

lekbesi

यदि तपाइ सिम्ताको बिकास बिरोधी होइन भन्नु हुन्छ भने के गत सालको बजेटमा राजकाँडा
दरवार र कोटको थुम्को बजेटको रकम कार्वान्वयन हुन नदिन तपाइले धेरै चोटी प्रदेश बन निर्देशनालय कार्यालयमा मुद्धा हाल्न धाएको कुरा त्यहाका कर्मचारी, प्रमुखहरुको मनसपटलमा मात्र होइन सिम्ता गाउ पालिका र प्रदेशका कम्यूटर फुटेजमा समेत ताजै छ ।

तपाइले पेश गरेका कागजात अहीले पनि पुर्बाधार कार्यालयमा सुरक्षित छन विज्ञप्तिमा भनिएको छ । भानु माविको सडक आफु वा आफ्ना मान्छेलाई दिनुपर्यो भन्दै मरिहत्ते गरेको र काम नपाएपछि सरस्वति सिंहले नाटक मन्चन गर्दै नेताहरुको विरोध गर्दै सामाजिक सञ्जालमा लेखेको कुरा समेत सार्वजानिक भएको हो।

Simta

सिंहले गिरोहबाट परिचालित भई कर्णाली प्रदेश सरकारकि प्रमुख सचेतक माननिय सिता नेपालि र सांसद ठम्मर बिस्टको बारेमा पटक पटक गलत टिप्पणी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।सरस्वति सिंह नेकपा जिल्ला कमिटि सुर्खेतको सदस्य हुन् उनले सांसद बिष्टलाई आरोप लगाई लेखेको स्टाटस भने अहिले डिलिट गरिसकेकी छिन।

उनले केहि दिन पहिले लेखेको स्टाटस ,

पछिल्लो समय सुर्खेतमा आफ्नो निर्वाचन क्षेत्रमा सबै भन्दा बढी विकासका योजना हाल्ने र शिलान्य सम्पन्न गर्ने नेतामा सांसद बिष्टलाई जनताले लिने गरेका छन्।

अहिले देशभर कोरोना सङ्क्रमण महामारी छ। यस्तो विषम परिस्तिथिमा पनि आफ्नो ज्यान दाउमा लगाएर सांसद बिष्ट कोरोना अस्पताल ,आईसोलेसनमा बिरामीहरुको अवस्था बुझ्न हिडिरहेका छन्।

यस्तो छ सांसद बिष्टको सचिवालयको विज्ञप्ति ,
कमरेड सरस्वती तपाइ मार्फत कुन गिरोहले प्रयोग गरिरहेको छ ? पार्टी , नेता र जनप्रतिनिधिलाइ तहस नहस गरे बापत तपाइले प्राप्त गर्ने के हो ?
क) फगतमा जनप्रतिनिधीको मान मर्दन गर्न तपाइलाई कसले उस्काइरहेको छ ? यसो गर्नु भन्दा पहीले यी प्रश्नमा तपाइ आफैं आत्मसमिक्षक बन्ने कि ?
१) झण्डै दशक अघी तपाइ माओवादी पार्टीको राजनितीमा बामे सदै गरेको बेला माओवादी पार्टीको राजनितीमा धेरै साथिहरुको बिरोधका बाबजुद उहा एकल बृहस्पति भएर तपाइलाई सिम्ता गापाको पार्टीको कोषाध्यक्ष जस्तो पदमा पदस्थापन गराउनु भयो । बरु तपाइले माओवादी पार्टीको कोषाध्यक्ष भएर के कति पार्टीको पक्षमा काम गर्नु भयो यो कुरात परैको कुरा भयो तपाइ कम्तीमा कति वटा बैठकमा सहभागी हुनुभयो ? के तपाइ आफ्नो कार्यक्षत्रमा नगएर बिरेन्द्रनगर बसेरै आफ्नो जिम्मेवारी बहन गर्न नसक्नु र सीम्ता र तपाइको वडाको माओवादी पार्टी धारसाही हुनुमा माननिय ठम्मर बिष्टको वा अन्य कुनै नेतालाई दोष लगाउन मिल्छर ? बरु तपाइले स्मरण गुमाउनु भएको छैन भने माननिय ठम्मर बिष्टज्यूले आफ्नै सवारी साधनमा तपाइलाई बैठक र कार्यक्रममा जाउ भनेर प्रेरीत गरेर लगेको बाहेक आफ्नै पहलमा पार्टीमा उपस्थिती भएको तथ्यांक भेटाउन कमै सकीएला ?
२) माओवादी पार्टीमा लडेका पुराना कमीसार, कमाण्डर कमरेडलाई स्थान नदिएर जिल्ला भरीका क्रियासील कैयन सिनियर साथिहरुको असंतुष्टि खेपेर, धेरै साथिहरुको गाली सहेर तपाइलाई त्यसबेला त्यो क्षत्रको नेताको हैसीयतले पार्टी जिल्ला सदस्यमा माननिय ठम्मर बिष्ट ज्यूले सीफारीस गर्नु के गल्ति थियो ? तर यो जिम्मेवारी राम्रो संग निर्बाह गर्ने कुरात परै छौडौं पुर्ब माओवादी हुदा,पछी नेकपा हुदा र अहीले माओवादी पार्टी भैसक्दा कति वटा बैठकमा सहभागी हुनु भयो ? प्राय तपाई स्वयं डीसीएमको पार्टीगत उपस्थिती सुन्य छ भनेर अरुले सुन्दा पार्टीका सक्रिय कार्यकर्ताको शीर नीहुरहनु पर्ने अवस्था आउन सक्छ ?
३) यदि तपाइ सिम्ताको बिकास बिरोधी होइन भन्नु हुन्छ भने के गत सालको बजेटमा राजकांडा दरवार र कोटको थुम्को बजेटको रकम कार्वान्वयन हुन नदिन तपाइले धेरै चोटी प्रदेश बन निर्देशनालय कार्यालयमा मुद्धा हाल्न धाएको कुरा त्यहाका कर्मचारी, प्रमुखहरुको मनसपटलमा मात्र होइन सिम्ता गाउ पालिका र प्रदेशका कम्यूटर फुटेजमा समेत ताजै छ । यदि तपाइले त्यो कुरा झुट हो भन्नु हुन्छ भने केही हप्ता अघी मात्रै तपाइ आफै आएर किर्ते कागज पेश गरेर पुर्बाधार मन्त्रालयवाट कर्मचारी र हाकीमहरु संग बादबिवाद गरेर गएको, पुन त्यहाको समीतिले महीलाहरुलाई ल्यायर मुद्धा निकाल्न लगाएको र उहांहरुकै मुखराबिन्दुवाट सरस्वतीले हामीलाई फसाइन, हामी बिकास बिरोधी होइनौं भन्दै मन पीरो गरेर गाउका महीलाहरु घर फर्केको कुरा हप्ता दिन पनि बितेको छैन । तपाइले पेश गरेका कागजात अहीले पनि पुर्बाधार कार्यालयमा सुरक्षित छन । यी सम्पुर्ण घटनाक्रमहरु मानसपटलमा मात्र होइन त्यहाका फुटेजहरुमा समेत ताजै रहेका यस्ता बैज्ञानिक तथ्यहरुलाई तोडमोरोड गरेर म यी कुनै गतिबिधीमा सहभागी भएको छैन, मलाई बिकास बिरोधी भयो भनेर तपाइ के आधारमा दाबी गर्न सक्नु हुन्छ ? मेरो बिरुद्ध कसलाइ लेख्न लगाइयो भन्ने जस्ता वाइयात कुरा गरि कसरी दिउसै रात पार्ने गरी ढाकछोप गर्दै हुनुहुन्छ ? फेरी तपाइको कार्यशैलीले हामै्र पार्टी निकट ब्यबसायीहरु, अन्य माननियहरु र जिल्लाका नेताहरुलाई पहीलानैं एक एक गरी अकारण तपाइले धज्जी उडाइसकेको कुरा स्मरण पनि होला । र भानु माबिको सडक आफुलाई दिनु परयो भनेर तपाइले कहा कहा के के कुरा गर्नु भयको छ ? पार्टीकोत कुरै छोडौ कुन पार्टीको मान्छेलाइ काम दिनु परयो भनेर मरिहत्ते गरि सकेर काम नपाय पछि यस्तो नाटक मन्चन गरेको कुरा पनि सबै फेसबुकबाटै तपाइ जस्तै भन्ने स्तर होर मेरो ? त्यो बृस्तित कुरा म उल्लेख अहीले नगरु केवल संकेतवाटै तपाइले बुझीहाल्नु भयो होला ।
४) माओवादीको जिल्ला सदस्य भैसकेपछी सिम्तामा तपाई कति चोटी पार्टीका कार्यक्रममा उपस्थित हुनु भयो ? कतिचोटी जनताको घरदैलोमा जानु भयो ? तपाइको वडा र सिम्तामा खीइदै गएको पार्टीलाई सीध्याउनमा तपाइको नकारात्मक कार्यशैलीले कति भुमीका निर्बाहा गरेको छ ? यस्ता कुराहरु आफुले आफुलाई आत्मलोचीत भई समिक्षक बन्ने कहीलेइ आंट गर्नु भएको छ ?
५) गत स्थानिय चुनाउमा पार्टीलाई संकट परेको बेला आफ्नै वडावाट पार्टीको तर्फवाट उम्मेदवारी दिने बेला तपाई कहा जानु भएको थियो ? पार्टीको उम्मेदवारी समेत नदिएर पार्टीलाई इतिहांसमा सधैंको लागी त्यो वडावाट पार्टी बिसर्जन भएको घोषणा गर्ने तपाई जस्ता कार्यकर्तालाई पार्टीको जिल्ला सदस्य जस्तो पदमा बस्न सोभनिय कुरा हो कि होइन ?
६) माननिय ठम्मर बिष्ट यो प्रदेशको त्यस्तो माननिय भएको कुरा उहांले आफैले देश बिदेशमा समेत साबित गरी सक्नु भएको छ कि कर्णालीका बिकास र दिनानुदिनका मुद्धामा, सदनमा जनताको पक्षमा सबैभन्दा खरो रुपमा आफ्नो बिषय प्रस्तुत मात्रै गर्नु भएन कि अहीले बिरेन्द्रनगर नपा लगाएत प्रदेशमा भएका केही पुर्बाधारका कामहरु हुनुमा मुख्यतया उहांकै उपज हो भन्ने कुरा कसैले भन्नु पर्दैन यो स्वयं जगजाहेर छ । त्यती मात्रै होइन उहांले जनताको पक्षमा बोलेको कुराको राष्ट्रिय अन्तराष्ट्रीय रुपमा भएको भ्यूज, लाइक र सेर लाई मात्रै हेर्ने हो भने पनि प्रस्टै हुन्छ । तपाई भलै मान्नुस नमान्नुस अहीले पनि तपाइले प्रदेश सभावाट प्रत्यक्ष प्रसारीत संरह गरीएको भीडीयोलाई हेर्नु भयो भने उहां निर्बाचन क्षत्र र सीम्ताली जनताको पक्षमा आफ्नो ज्यानलाई र पदलाई समेत जोखीममा राखेर कति चोटी आफ्नै पार्टीका नेता र सरकारसंग आम्ने साम्ने भएर खरो रुपमा उर्तदा संसदवाट कार्बाही समेत भोगी सक्नु भएको कुराको कहीले सहानुभुतीको कोणवाट हेर्ने प्रयास गर्नु भयो ? सिम्तामा भयका यस्ता ऐतिहासिक बिकासहरुको कहिलेई प्रचार गरेर पार्टी निर्माणमा लाग्नु भयो ?
७) यो प्रदेशको २४ वटा क्षत्र मध्य सबैभन्दा आफ्नो क्षत्रमा बिकासका सवालमा दिनानुदिन पहल लिने माननिय मध्य उहा पर्नु हुन्छ । चाहे गुर्भाकोटका मेहेलकुना कोप्ची जस्ता ठाउलाई सिचाइले हरीयाली बनाउने सवाल होस वा गोजी देउली काफलकोट फास्ट ट्रयाकलाई अगाडी बढाई नाहागाउ पुराउने सवालमा होस वा मेहेलकुना बडाखोलीलाई पक्कि रोड बिस्तार गर्ने सवालमा होस ,आफ्नो प्रदेश भित्र कायम रहेका सबै वडामा बाटोघाटो, नयां सडक, गरयाबल सडक , पक्की सडक, खानेपानी , सिचाइ तट्बन्ध, भवनहरु, बिद्युत क्षत्र, लक्षीत बर्ग रोजगार कार्यक्रम, शहीद द्धन्द पीडीत लक्षीत कार्यक्रम, जनता आवास, मुख्य मन्त्रि रोजगार लगायत कैयन कार्यक्रमहरु तपाइले स्विकारे पनि नस्वीकारे पनि आज त्यहाका तमाम जनताले मुक्त कन्ठले प्रसंसा गरीरहेका मात्रै छैनन त्यस्ता बिकासमा जनताको आफ्नै सहभागीता समेत रहेको स्थिती छ ।
८) यति मात्र होइन उहा अहीले कोभीडको आतंकमा समेत आफ्नो ज्यानलाई जोखीमा राख्दै सिम्ता गाउपालीकाका स्वास्थे केन्द्रहरु, मेहेलकुना अस्पताल, गुर्भाकोट नगरपालीका लगाएतका ठाउहरुलाई स्वास्थे सामाग्री बांड्ने काममा समेत अग्रसर भएको कुरा जगजाहेर छ । हिजो आज मात्रै पनि कोभीडका बिरामीहरुलाई सहयोग गर्न र बचाउन कहीले मेहलकुना अस्पताल त कहीले प्रदेश अस्पताल, कहीले प्रदेशका बिभीन्न नाकाहरु, कहीले मलामी त कहीले बिरामी वार्डमा दिनहुं जसो पुगीरहनु भएको छ । यस्तो घटनाक्रमहरुलाई तपाइ आफैंले पनि नबुझेको होइन यस्तो स्थितीमा तपाइ सहभागी हुने कुरात परै छौडौं आफ्नो जनप्रतिनिधीलाइ प्रेरना दिनुत कता हो कता तपाइ कै आफ्नै कुबुद्धीले हो वा अरु कसैको उक्साहटमा यस्तो गरी राख्नु भएको छ भने पनि भबिष्यमा न्याउरीमारी पछुतो बाहेक तपाइको हातमा अरु केही लाग्ने छैन ।
९) यति मात्रै कहांहोर भ्रष्टाचार, कुशाशन र अनियमीतताको बिरुद्धमा उहां आफ्नै पार्टी भित्र पद र ज्यानको कुनै पर्बाहा नगरेर आफ्नै पार्टीका नेता र सरकारसंग आम्ने साम्ने भै प्रतिकार गर्ने मात्र होइन, आफु बिरामी पर्दा काठमाण्डौं र दिल्लीको हस्पीटलको बेडमा सुत्ने समय वाहेक उहांले कहीले पनि आफ्नो घर परीवार र निजी कामको लागी समय बिताउनु भएन । बिरामी पर्दा समेत धारापानीका उकाला र सिम्ता ठिग्नीको वाटोमा लठठी टेक्दै बिभीन्न पुर्बाधारहरुको सिलन्यास र उद्घाटन जस्ता काममा उहा अहोरात्र खटीराखेको मेरो र जनताको आंखाले मात्र होइन तपाइको नांगो आंखाले पनि देखी रहेको हुनु पर्ने हो ?
१०) अनियमीतताको कुरा गर्ने हो भनेत उहाको सामान्य पारीवारीक जिबनशैली हेरे मात्र पुग्छ । शायद सरकारी योजनाहरुमा गीद्धे दृष्टि लाग्थ्यो भने उहांले आफ्नै हुर्केका र पढेलेखेका छोराहरुलाई कोरीया र कतारको ६० डीग्री तातोमा श्रम गर्न बाद्य गराउनु हुने थिएन होला । यहि उपभोक्ता बनायर पनि राज्य दोहन गर्न सक्नु हुन्थ्यो होलानि ?
११) आजका मिती सम्म तपाइ नेकपा (माओवादी केन्द्र) पार्टी डीसीएम हो भने माननिय ठम्मर बिष्ट जनतावाट पर्तीकुल स्थितीमा निर्बाचीत लोकप्रीय नेता मात्र होइन पार्टीको उहां प्रदेशकै नेता हो र पार्टीको चेनअफ कमाण्ड मान्ने हो भने उहां तपाइको पार्टीको नेता पनि हो । पार्टी पद्धतिलाई तपाई बुझ्ने र स्वीकार्ने एबं जनवादी केन्द्रियताको ज सम्म पनि बुझ्नु भएको छ भने कुनै जनप्रतिनीधीको बिषयमा चित्त नबुझेमा प्रारम्भमात संबन्धीत नेता संग बसेर बिषयमा प्रष्ट हुने यदि त्यसरी पनि चित्त बुझेन भने तपाइको आफ्नो कमिटीमा उहांको बिषयमा उजुर हाल्ने र त्यसरी पनि तपाइको मुद्धाको सुनुवाइ भएन वा तपाइलाई अन्यायनै भएको महसुस भयो भने सार्बजनीक मेडीयामा लेख्न मिल्छ कि मिल्दैन ? यस्ता फेसबुकमा आफनै नेताको धज्जी उडाउने काममा तपाइले सुरुवात किन गर्नु भयो ? चित्तै नबुझे बरु अदालत छन अक्तीयार छन हीम्मत छ भने प्रमाण सहीत माननिय ठम्मर बिष्ट र सिता नेपालीलाई त्यहा गएर मुद्धा हाल्नुस यदि प्रमाणीत भएमा हामी पनि तपाइलाई साथ दिन तयार छौं नत्र हीड्ने गोरुको पुच्छर नीमोठेर मारे जस्तो यस्ता जनप्रीय माननियहरुको अनाहकमा धज्जी उडाउदा कार्यकर्ता र जनताले बिस्तारै थाहा पाए भने तपाईलाई कसैले चेतावनी दिनु पर्देन तपाइ ढीलो छिटो आफैं जनता र कार्यकर्ताको घेरामा पर्ने कुरा प्राय निस्चीत छ । म जस्ता पार्टीका इमान्दार कार्यकर्तालाई मात्र होइन जनताको लागी अहोरात्र मरीमेटी खट्ने माननिय ठम्मर बिष्ट जस्ता नेताको धज्जी उडाउदा इमान्दार कार्यकर्ता र जनताको समेत कन्सीरी तात्तेर आएको हामीले बुझेका छौं । तपाइले बिचार पनि गरी सक्नु भयो होला तपाइले माननिय ठम्मर बिष्ट र माननिय सिता नेपाली ज्यूलाई प्रारम्भमा अकारण तथानाम स्टाटसमा लेखेको बिषयमा थुप्रै तपाईलाई सबक सिकाउने गरी प्रतिक्रियाको ओइरो लागेको छ तर तपाइ सायद अरु केही काम नभएर पनि होला वाइफाइकै टावरमा बस्नु भएको जस्तो किन महसुस भयो भने प्रतिक्रीया दिएको केही सेकेन्डमानैं तपाइ जनतावाट नांगीने डरले साथिहरुका प्रतिक्रिया हाइड वा डीलेट गरीरहनु भएको छ । त्यति मात्र होइन यसरि प्रतिक्रिया दिने कैयन साथिहरुलाइ तथानाम धम्कि र गालि दियको स्क्रिन सटमा कैद भैसकेका छन ।
ख) अत मैले कुनै आबेग वा पक्ष बिपक्षमा यो प्रतिक्रिया दिन खोजेको होइन , तपाइको पहीलो स्टाटसमा माननिय ठम्मर बिष्ट र माननिय सिता नेपालीलाई उहांहरुले गलत तरीकाले कसैको संरक्षण गरेको, उहांहरुले पार्टी भित्र पहीलो घेराबन्दी प्रकरण नसकदै अर्को घेराबन्दी सुरु गर्नु भयो भनेर के दोषारोपन गर्न खोज्नु भयको हो ? तपाइको लेखाइमानै कुनै गिरोहबाट परिचालित भयको यति नै प्रमाण काफि छ किनकि माननिय सिता नेपालि यो प्रदेशको उदयमान महिला नेतृ र सिंगो पार्टि कै नेता हो भने ठम्मर बिस्टले छोटै समयमा अाफ्नो जनप्रियताको कसिमा उत्रिसक्नु भयको छ । पहिलोत पार्टी भित्र सधैं धन्दुकारि गर्ने तपाइ जस्तो पार्टीको भाइरसले नेता र जनप्रतिनिधिहरुको धज्जि उडाउने गरि लेख्ने साहास कहाबाट अायो ? कि नेताको बिरोध गरे अाफु चर्चित भइन्छ र अाफु नेता भइन्छ भन्ने भुत तपाइमा पलायको हो भने मुतको न्यानो बाहेक केहि हात लाग्ने छैन । यसरि योजनाबद्व रुपले उहाहरुको लोकप्रियतामा कालो पोत्ने धृष्टता सहित गिरोहको डिजाइनमा परिचालित हुनु भयको कुराको यति प्रमाण नै काफि छ । यसरी जग हसाउने गरी जनतावाट निर्बाचीत जनप्रतिनीधीहरुको मानमर्दन भएको देख्दा माओवादी पार्टीको इमान्दार सदस्यको हैसीयतले तपाइलाई जनता र कार्यकर्ताको मनोबिज्ञान स्वरुप प्रतिनिधीमुलक ढंगले यो स्टाटस कमरेडलाई लेख्ने आंट गरेको हुं अर्कोतिर तपाइले लेखेका यस्ता बगम्फुसे कुराले कोहि भ्रममा पर्छ जस्तोत लाग्दैन तर सार्वजनिक मेडियामा तथानाम जनप्रतिनिधिलाइ अनाहकमा अारोपित गर्दा कतै भ्रम नपरोस भनेर अाफ्नो कर्तव्य निभाउन खोजेको हु। हिम्मत र अलिकन पनि लाज बचेको छ भने द्वय माननियहरुलाई दोषारोपन गरेको स्टाटस डिलिट गर्नुस ।माथि उल्लेखीत कुराहरुमा पार्टी कमिटी वा कुनै पनि तहमा म आफै प्रमाणीत गर्न सक्ने गरी उल्लेख गरेका कुरा हुन । तपाइका यस्ता कर्तुतत कति छन कति पार्टीले अाबश्यक ठान्यो भने क्रमश खोल्दै जाउला । यस प्रकरणलाई गलत ढंगले भन्दा पनि पार्टीमा शुद्धीकरणको रुपमा कमरेडले बुझ्नु भयो भने यहांकै लागी फाइदा हुने छ अन्यथा आफ्नो समस्या ढाकछोप गर्न अरुलाई अनाहकमा गालीगलौज गरेर उम्कन खोज्नु भयो भने आफै जालमा पर्दै जाने कुरा निस्चित छ । तपाइको उद्वन्डताले पार्टी , जनप्रतिनिधि र अान्दोलनलाइ पुग्ने क्षतिको जवाफ दिन ढिलो छिटो तपाइ कठघरामा उभिनैं पर्ने छ । त्यसैले समस्या देख्नु भएको छ भने पहीला पार्टी कमिटीवाट सुरु गर्नुस जग हंसायर जनप्रतिनीधी र पार्टीलाई कमजोर बनाउने अभीयानलाई रोक्नुस । अहीलेलाई यत्तिनैं कमरेडको समयमानैं बुद्धि पलाअोस। सबैमा अभिवादन ।