रुकुम चौरजहारी

कर्णालीमा भागबन्डा मिलेन नवनियुक्त मन्त्रीको सपथ स्थगित ,

रुकुम आठ विसकोट

वैशाख ३१ सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गत बुधबार नियुक्त गरेका तिन मन्त्रीको सपथ स्थगित भएको छ। नियुक्त भएका मन्त्रीहरुको सपथ ग्रहण स्थगित पछि मुख्यमन्त्रीले आफैसँग राखेका छन् ।

मुख्यमन्त्री शाहीले भौतिक पूर्वाधार मन्त्रालय फूटाएर ७ वटा मन्त्रालय बनाई मन्त्रिपरिषद् विस्तार गरेका थिए। तिन वटै मन्त्रालयमा माओवादीका मन्त्री बनाएका पछि नेपाली कांग्रेसले दुई मन्त्री आफुले पाउनुपर्ने बताएको बुझीएको हो ।

शाहीले बुधबार आर्थिक मामिला तथा योजनामन्त्रीमा गोपाल शर्मा, जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा सीता नेपाली र आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुदमन्त्रीमा बिन्दमान विष्टलाई नियुक्त गर्ने निर्णय गरेका थिए ।

उनीहरूलाई बिहीबार ११ बजे शपथग्रहण गर्ने कार्यक्रम तय भएको थियो । मुख्यमन्त्री शाहीले कांग्रेसलाई सहमत गराउन दुई दिनसम्म संसदीय दलका नेता जीवनबहादुर शाहीसँग संवाद गरेका थिए । कांग्रेस सहमतिमा नआएपछि नवनियुक्त मन्त्रीलाई तोकिएका तीनवटै मन्त्रालय मुख्यमन्त्री शाहीले आफैसँग राखेका छन् ।

वैशाख ३ गते संसद्‌मा विश्वासको मत दिँदा कांग्रेसले ६ महिनापछि सरकारको नेतृत्व लिने गरी अहिले एउटा मन्त्रालयको जिम्मेवारी लिने सहमति गरेको थियो । मन्त्रालयको संख्या ७ भएपछि भने कांग्रेसले थपिएको मन्त्रालय आफूले पाउनुपर्ने माग राखेको हो ।

नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीसँग मुख्यमन्त्री शाहीले दुई दिन सम्म छलफल गरेपनि सहमति हुन नसकेको श्रोतले जनाएको छ। यस्तै ७ वटा मन्त्रालय भएपछि काँग्रेसले दुई मन्त्री पाउनुपर्ने माग राखेको छ।

यस्तै मन्त्रालय विभाजन गर्दा र थपिएको मन्त्रालयमा मन्त्री नियुक्त गर्दा आफूसँग सरसल्लाह नभएको जीवन शाहीले बताएका छन् ।संसद्‌मा विश्वासको मत पाएको भोलिपल्ट मुख्यमन्त्री शाहीले ‘फ्लोर क्रस’ गरेका माधव नेपालपक्षीय एमालेका अम्मरबहादुर थापालाई भौतिक पूर्वाधार विकासमन्त्री, नन्दसिंह बुढालाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री र कुर्मराज शाहीलाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा नियुक्त गरेका थिए ।

त्यो बेला कांग्रेसका लागि सामाजिक विकास मन्त्रालय खाली छाडिएको थियो । कांग्रेसले एक मन्त्रालय सहित सरकारमा जाने वा जनाने निर्णय नहुँदै बुधबार मन्त्रिपरिषद् विस्तार गरि माओवादीका तिन मन्त्री थपिएको थियो ।