ओली–नेपाल समूहको सिंहदरबारमा वार्ता जारी
वैशाख ३१ ,काठमान्डौ – नेकपा (एमाले) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरुको सिंहदरबारमा छलफल चलिरहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी वार्तामा प्रधानमन्त्री ओली, वरिष्ठ नेता नेपालसँगै ओली पक्षीय नेता सुवास नेम्वाङ, ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेल र विष्णु रिमाल सहभागी छन् ।
त्यस्तै अर्को पक्षका वरिष्ठ नेता नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, गोकर्ण विष्ट सहभागी छन् ।
हिजो बिहीबार ओली र नेपालको छलफलमा पार्टीलाई २०७५ जेठ २ गतेमा फर्काउन र फागुन २८ गतेको निर्णय फिर्ता लिने विषयमा ओली सहमति जनाएपछि नेपाल पक्षले आफ्ना सांसदहरुको राजीनामा रोकेको थियो। उक्त विषयको कार्यान्वयनका लागि कार्यदल बनाउने कार्यदिशासहित नेताहरु छलफलमा जुटेको बताईएको हो ।