रुकुम चौरजहारी

कर्णाली प्रदेश अस्पताल सुर्खेतको आग्रह : जटिल अवस्थाका बिरामी मात्र रिफर गर्नु

रुकुम आठ विसकोट

जेठ १ ,सुर्खेत – कर्णाली प्रदेश अस्पताल सुर्खेतले जटिल अवस्थाका बिरामीलाई मात्र रिफर गर्न आग्रह गरेको छ । अस्पतालले विज्ञप्ति जारी गर्दै जटिल प्रकारका बिरामी भए मात्र अस्पतालमा रिफर गर्न आग्रह गरेको हो ।

अस्पतालमा अक्सिजन आपूर्तिको अभाव देखाउँदै थप बिरामी नलिने अस्पतालले हिजो मात्र विज्ञप्ति सार्वजनिक गरेको थियो। कर्णाली प्रदेशका अधिकांस स्वास्थ्य संस्थाहरुमा कोभिड – १९ को भरपर्दो उपचार व्यवस्था छैन ।,

अस्पतालमा भने दिनानुदिन कोरोनाका बिरामीहरुको चाप बढिरहेको अवगतनै छ अस्पतालका निर्देशक डा.डम्बर खड्काले विज्ञप्तिमा औल्लेख गरेका छन्। अस्पतालमा आक्सिजनको आपूर्ति हुन नसक्दा बिरामीहरुको जटिलता बढ्दै गएको समेत उनले बताए।

स्थानीय स्वास्थ्य संस्थाहरुबाट सम्भव हुनेसम्मको उपचार त्यहींबाट गर्नुहुन र त्यहाँ सम्भव नहुने अवस्थामा मात्र यस अस्पतालमा रिफर गर्न डा . खड्काले विज्ञप्ति मार्फत बताएका हुन्।