निषेधाज्ञा अवधिभर ऋणीसंग जरिबाना नलिनु राष्ट्र बैंक

जेठ ४ ,काठमान्डौ – निषेज्ञाधाको समयमा बैंकहरूलाई ऋणीसँग जरिबाना लिन नपाउने भएका छैनन् । राष्ट्र बैंकले आज मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकबाट कर्जा असुलीमा कुनै पनि जरिवाना वा अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था गर्ने जनाएको हो ।

यस्तै राष्ट्र बैंकले निषेधाज्ञा सकिएको एक महिनासम्म लिलामी प्रक्रियासमेत अघि नबढाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

निषेधाज्ञा अवधि र निषेधाज्ञा सकिएको एक महिनासम्म बैंक तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको असुलीसम्बन्धी सूचना वा लिलामीसम्बन्धी सूचना जारी गर्न नपाउने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै नेपालमा अहिले सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगलाई लिक्विड अक्सिजन प्लान्ट वा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनका लागि कर्जा माग भएमा ५० करोड रुपैयाँसम्म बैंक तथा वित्तीय संस्थाले आधार दरमानै कर्जा उपलब्ध गराउने व्यवस्था मिलाइने राष्ट्र बैंकले जनाएको छ ।