बाटो गल्लीको देवता रामकृष्ण ढकाल ,,

जेठ २० – चर्चित गायक रामकृष्ण ढकालले फरक खालको आधुनिक गीत दर्शकसामु ल्यायका छन्। , ढकाल आधुनिक गीतका राजा मानिन्छन। उनले अहिले सम्मकै फरक खालको बाटो गल्लीको देवता, छैन म संग सुनको गजुर बोलको गीत ल्यायका छन् ।

,गीतलाई मनिष वशिष्ठले लेखेका हुन् भने शुशान्त गौतमले संगीत दिएका हुन् । गीतमा नाम चलेका मन्दिरमा तिर्थ यात्रा गर्न देश विदेश-धाउने तर, सडक गल्लीमा रहेका मन्दिर र मुर्तिहरुलाई हेला गर्ने प्रवृत्तिमाथि गीत आधारित रहेको ढकालले बताए ।

गायक ढकालका अनुसार रेकर्डिङ पनि फरक तरिकाले गरिएको भन्दै एउटा पनि इलेक्ट्रोनिक्स बाजा प्रयोग नगरिएको जानकारी दिए । गीतको म्युजिक भिडियोमा जीवन भट्टराई, सगुन पोखरेल, लकी भन्डारीलगायत कलाकारहरुले अभिनय गरेका छन् ।

म्युजिक भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन् । यो गीतमा ढकालको अलि फरक आवाज पनि सुनिने गरेको छ। ढकालका अनुसार यसपटक माया प्रेम भन्दा अलि फरक विषयलाई उठान गरियको बताय ।
हेर्नुहोस भिडियो ,