प्रधानमन्त्रीलाई विदाई र रास्ट्रपतिलाई महाभियोग लगाउनुपर्छ : गगन थापा

जेठ -६ काठमान्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता सांसद तथा पूर्वमन्त्री गगन कुमार थापाले नयाँ सरकार गठन गर्न दिईएको समयसिमा अगावै नयाँ सरकार बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदा गर्नुपर्ने बताएका छन ।

तेस्तै थापाले महाअभियोग लगाएर राष्ट्रपति विद्यादेवी भण्डारीलाई विदा गर्नुपर्ने धारणा राखेका छन् ।

नयाँ सरकार गठनको लागि आजमात्रै राष्ट्रपतिले धारा ७६ को ५ अनुसार भोलि साँझ ५ बजेसम्मको समय दिएकी छिन् ।

नेता थापाले लेखेका छन।
विश्वासको मत लिन मन नलागे प्रमले राजिनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने हो
नेतागण,के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो?जानेर गरेको हो।
गनगन गरेर नबसौं।सुझबुझ पुर्याउँ र
यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलिलाई बिदा गरौं,महाअभियोग लगाएर रापलाई बिदा गरौं।