शेरबहादुर देउवालाई प्रधानमन्त्री दाबी गरेका विपक्षि दल सर्वोच्च अद्लात जाने तयारिमा

जेठ ९ ,काठमान्डौ – राष्ट्रपति र प्रधानमन्त्रीको संसद विघटनको कदमविरुद्ध विपक्षी गठबन्धन सर्वोच्च अदालत जाने तयारीमा रहेका छन् ।

शनिबार अपरान्ह नेपाली काँग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा नेपाली काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाबीच प्रारम्भिक छलफल भएको थियो ।

कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्व सरकार पक्षमा उभिएका १४९ जना सासंद नेताहरु सर्वोच्च जाने तयारिमा रहेका छन्।सांसदहरुलाई नागरिकता सहित संसद भवनमा भेला हुन निर्देशन दिईएको छ । यस्तै उपत्यका बाहिर रहेका सासंदहरुलाई पनि नागरिकता सहित राजधानी आउन भनिएको एक नेताले बताए।

संविधानको धारा ७६ को ३ अनुसार नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन नसक्ने भन्दै मार्गप्रशस्त गरेपछि संविधानको धारा ७ को ५ अनुसार नयाँ सरकार गठनको दाबी पेस गर्न राष्ट्रपतिले आह्वान गरेकी थिइन् ।

राष्ट्रपतिले दिएको थोरै समयमा काँग्रेस सभापति देउवाले १४९ जना सांसदको बहुमत जुटाएर दाबी पेस गरेका थिए । मार्ग प्रसस्त गरेका ओलीले पनि कृते सांसदका हस्ताक्षर लगेर राष्ट्रपतिलाई बुझाएका थिए। बहुमतको सरकार बन्ने आधार नदेखेको भन्दै राष्ट्रपतिले ओली र देउवाको दाबी खारेज गरिदिइन् ।

मध्यरातमा केपी ओलीले मन्त्रिपरिषदको बैठक बोलाएर संविधानको धारा ७६ को ३ अनुसारकै सरकारको सिफारिसमा राष्ट्रपतिले शुक्रबार मध्यराति असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गते नयाँ निर्वाचनको मिति घोषणा गरेकी थिइन् । राष्ट्रपतिको उक्त कदमलाई विपक्षी गठबन्धनले अस्वीकार गर्दै आईरहेको छ । अहिले प्रधानमन्त्री र राष्ट्रपतिको चर्को विरोध भईरहेको छ।