राष्ट्रपति र प्रधानमन्त्रीको विरोध गरेको भन्दै पक्राउ
जेठ ९ ,काठमान्डौ – संसद विघटनको विरोधमा प्रर्दशन गरेको अभियोगमा नेपाल विद्यार्थी संघका एकजना नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेविसंघका पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठी रहेका छन् ।
मध्यबानेश्वरको पिपलबोटबाट त्रिपाठीलाई पक्राउ गरेर उनलाई हाल महानगरीय प्रहरी वृत्त, बानेश्वरको हिरासतमा राखिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीरमा गोबर छ्याप्दै प्रदर्शन गरेको बेला उनलाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको जनाएको हो ।
मस्तिकमा गोबरधारी महामहिम जोडीलाई गोबर उपहार भएर लेखिएको पोस्टरमा गोबरले पोतेर नेविसंघले प्रदर्शन गरेको छ।