सरकारविरुद्ध प्रर्दशन गर्नेविरुद्ध कठोर बन्नु गृहमन्त्रालय : गृहको जिम्मा पनि केपी ओलीलाई
जेठ ९ ,काठमान्डौ – सरकारविरुद्धको आन्दोलन चर्किनसक्ने सम्भावना रहेको भन्दै गृहमन्त्रालयले प्रहरीलाई तयारि अवस्थामा रहन निर्देशन दिएको छ।
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक संसद विघटन गरेपछि विपक्षी दलहरुले सरकारविरुद्ध आन्दोलनमा उत्रिन आह्वानसमेत गरेका छन् ।
कोरोना संक्रमणको महामारी र लकडाउनको मौका छोपी प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गरेका छन्। जसको चौतर्फी विरोध भईरहेको छ।
एक प्रहरी उच्च श्रोतका अनुसार सरकारविरुद्धको आन्दोलन चर्किनसक्ने सम्भावना छ तेस्तो अवस्था आएका कडाईका साथ् कठोर बन्नु भन्ने आएको छ। यस्तै अहिले गृहमन्त्रालयको जिम्मापनि प्रधानमन्त्रीले लिएका छन्।
सरकारी अधिकारीले भने सरकारविरुद्धको आन्दोलन नभई निषेधाज्ञा मिच्ने क्रम बढेकाले कडाई गर्न भनिएको दाबी गर्दै आएका छन् ।